मुन्धुम् ट्रेल

  • प्रकाशित मितिः बैशाख १७, २०७६
  • 1529 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १७–‘मुन्धुम्’ भन्ने वित्तिकै किराती मिथकमा आधारित छ । किराती संस्कार, संस्कृति र जीवनशैलीमा आधारित छ मुन्धुम् । यसैलाई पदमार्गको रुपमा विकासित गरेर पर्यटन प्रबद्र्धनको सुरुवात भएको छ । खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभालाई आधार बनाएर ‘मुन्धुम् ट्रेल’ पदमार्ग तय गरिएको छ । 
कैलासबाट झरेको दूधकोसी नदीमा स्नान गरेर विश्वप्रशिद्ध हलेसी, किरात उत्पत्तिको ऐतिहासिक थलो तुवाचुङ–जायजुम, पर्यापर्याटनको केन्द्रविन्दु रुपाकोट हुदै तीन हजार एक सय ६५ मिटर अग्लो टेम्केडाडा“, तीन हजार तीन सय ५० मिटर अग्लो मैयुडाडा“, चार हजार एक सय ५५ मिटर अग्लो सिलिचुङडाडा“, तीन हजार सात सय ५० मिटरको सालपा पोखरी लगायतका रमणीय गन्तव्य तय गरिएको छ । यो पदमार्ग करिब एक सय किलोमिटरको हुने छ । यसका लागि दुई साताजति लाग्ने छ । 
यो पदमार्ग किराती समुदायको बसोबास गर्ने ठाउ“हरुमा भएकाले किराती संस्कृति, संस्कार र जीवनशैली बुझ्न सकिने भएकाले मुन्धुम टे«ल नाम राखिएको पर्यटन अभियान्ता रमेशकुमार राईले बताए । यो पदमार्ग किराती समुदायका लागि महत्वपूर्ण भएकाले सरकारले एक सय पर्यटकीय गन्तव्यभित्रको सूचीमा राखेको राईले सुनाए ।
हिमालनजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउ“ने पर्यटकहरुका लागि डाडैडाडा“ थकानको महसुस समेत नहुने गरी हि“डिरहु“ लाग्ने अपेक्षा गरिएको राईले सुनाए । यो पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्से, लगायतका आठ हजार मिटर अग्ला छ वटा हिमाल देख्न सकिन्छ । ३३ वटा हिमश्रृङ्खला र तराईका भू–भागहरु समेत अवलोकन गर्न सकिने छ । ठूला घा“से मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठको बीचबाट डाडा“हरुको शीर छिचोल्दै विभिन्न प्रजातिका गुरा“स, विविन्न जडीबुटीहरु तथा घना जङ्गलहरु अवलोकन गर्न पाइने छ । यो यात्रामा मैयुङको हा“सपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीर माहुरी र लोपोन्मुख तथा विभिन्न जङ्गली जनावरहरुसंग लुकामारी खेल्न पाइने छ ।
सगरमाथा (चोमालुङ) चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारीले २०१० सालमा यही पदमार्गको एउटा अंशको रुट प्रयोगको राईको दाबी छ । मध्यपहाडी लोकमार्ग आसपास नै यो पदमार्ग भएकाले अझ सहज हुने राईको भनाई छ । ‘यो सायद विश्वकै ‘भर्जिन’ पदमार्ग हुन सक्छ ।’ राईले भने–‘यसले किराती समुदायको विकास लागि एउटा कोसेढुङ्गा सावित हुने छ ।’
यो पदमार्गको पूर्वाधार तयारी तथा अन्य विकासका लागि सङ्घीय सरकारले ५० लाख, पर्यटन बोर्डले १० लाख र भोजपुरको टेम्के मैयुङ गाउ“पालिकाले ५० लाख गरी यो वर्ष एक करोड दश लाख बजेट विनियोजन भएको छ । प्रारम्भिक चरणमा यो क्षेत्रमा सूचना पार्टी, विभिन्न संकेतहरु राख्न सुरु गरिएको छ । यसका साथै हा“सपोखरी नागीमा पाहुना घर समेत बन्दै गरेको राईले सुनाए । यसको प्रचार प्रसार र पर्यटकहरुलाई आकर्षित गर्न पहाडी उच्च भागमा हुने साहसिक प्रतियोगिताहरु (अल्ट्रा म्याराथुन, स्काई रेस, माउण्टेन साइक्लिङ, हाइकिङ, माउन्टेन साइकिलिङ, घोडचढी, प्यारा ग्लाइडिङ गर्ने गरी पा“च करोड ८५ लाखको बजेट प्रस्ताव सहित गुरुयोजना बनाइएको राईले सुनाए ।
यो पदमार्ग आसपासका स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेतृत्व लगायतका पर्यटनविद्हरु सहभागितामा मुन्दुम् ट्रेल विकास तथा प्रवद्र्धन सम्मेलन समेत गरिएको छ । सम्मेलनमा सहभागीहरले ‘सुनको अण्डा पार्ने कुखुरा’ को संज्ञा दिदै यसको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित