नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १४–बाँस लगायतका विभिन्न स्थानीय श्रोत साधनको समुचित उपयोग गर्नु पर्ने सहित विभिन्न माग राख्दै सत्याग्रहमा बसेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले आमरण अनसन सुरु गरेका छन् । माइतीघरमा तीन दिनसम्म सत्याग्रह बस्दा सरकारले माग सम्बोधन नगरेको भन्दै साउन १४ गते विहान ९ बजेदेखि माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनसन सुरु गरेका हुन् ।
बाँदर लगायत अन्य वन्यजन्तुबाट कृषि तथा खाद्यन्न उत्पादनमा पु¥याएको क्षति, विश्वव्यापी जलवायु परिवर्तन, पर्यावरणीय संकट तथा बाँस, गाँजा लगायतका वनस्पतीको बिल्डिङ कोड र नम्स तयार गर्दै स्थानीय श्रोत साधनको समुचित उपयोगसंग सम्वन्धित ७ बुदे माग सहित नगरप्रमुख भट्टराई सत्याग्रह बस्दा सरकार मागप्रति उदासीन बनेको भन्दै दोश्रो चरणको कार्यक्रम अन्तरगत अनिश्चितकालीन आमरण अनसन थालेको अनसनस्थलमा रहेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले बताएका छन् । नगरपालिकाको गत असार ९ गते भएको १३ औ नगरसभाको निर्णय अनुसार विभिन्न सात सूत्रीय माग पूरा गराउन पहिलो चरणको कार्यक्रम अन्तरगत नगरप्रमुखको सत्याग्रह शान्तिपूर्ण रूपमा सम्पन्न भएको तर मागहरूप्रति सरकार उदासीन बनेपछि फेरि अनिश्चितकालीन आमरण अनसन सुरु गरेकाले भट्टराईको जीवन रक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोग लगायत सरोकारवाला निकायसमक्ष आवश्यक पहल कदमी हुनु पर्ने राईले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित