नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १३–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम क्याफेले कोदोको विस्कुट उत्पादन सुरु गरेको छ । स्वास्थ्यका लागि उपयोगी हुने कोदोबाट अर्गानिक विस्कुट उत्पादन सुरु गरेको हो ।
कोदो, गहु, घिउ, नुन, चिनी बाहेक अन्य वस्तु मिसावट नगरिने भएकाले स्वास्थ्यका लागि उपयोगी हुने क्याफेले जनाएको छ । उक्त कोदोको रोटी आगामी साउन १६ गते प्रथम कोदो दिवसको अवसर पारेर आधिकारिक रूपमा बजारमा ल्याउने तयारी गरिएको शुभम् क्याफेले जनाएको छ । सुरुमा दिक्तेललाई केन्द्रित गरेर उत्पादन सुरु गरिएको र विस्तारै मागको आधारमा उत्पादन गरी बजार विस्तार गर्दै लैजाने क्याफेले जनाएको छ । क्याफेले यसअघि पनि कोदोको विस्कुट परीक्षण गरेको थियो । परीक्षणमा उपयोगी हुने देखेपछि ठूलो मात्रामा सुरु गरिएको क्याफेसम्बद्ध बाबुराम कार्कीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित