दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख भट्टराईद्वारा माइतीघरमा सत्याग्रह सुरु (भिडिओ सहित)

  • प्रकाशित मितिः साउन १२, २०८२
  • 642 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ११–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले माइतीघरमा सत्याग्रह सुरु गरेका छन् । बाँस लगायत स्थानीय उत्पादनको प्रबद्र्धन गर्नु पर्ने माग राख्दै बाँस तथा बाँसबाट निर्मित समग्री सहित साउन ११ गते विहान करिब ९ बजेदेखि सत्याग्रहमा बसेका हुन् ।
गत जेठ २३ गते र असार ६ गते बाँस लगायत स्थानीय उत्पादको प्रबद्र्धन गर्नु पर्ने लगायतका विभिन्न सात सूत्रीय माग प्रधानमन्त्री समक्ष पठाएको तर कार्यान्वयन गर्न सरकार उदासीन बनेको भन्दै सत्याग्रहमा बसेको भट्टराईले बताएका छन् । बाँस तथा बाँसबाट निर्मित सामग्री सहित सिंहदरबार परिक्रमा गर्न खोज्दा प्रहरीले रोकेको भट्टराईका सचिवालय सदस्य चिरन्जिवी खतिवडाले बताएका छन् । बेलुकी ५ बजेसम्म सत्याग्रह बस्ने भट्टराईले बताएका छन् । तीन दिन विहान ९ बजेदेखि ५ बजेसम्म सत्याग्रह बस्ने र त्यसो गर्दा समेत माग पूरा नभए आमरण अनसन बस्ने भट्टराईले बताएका छन् । भट्टराई बाँसको मान्द्रो, गुन्द्री, राडी, पराल, बाँस लगायत बोकेर साउन ४ गते काठमाडौं गएका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित