मात्तिमबिर्तामा भतिजको कुटाइबाट बृद्धको मृत्यु

  • प्रकाशित मितिः साउन १२, २०८२
  • 700 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ११–साकेला गाउँपालिका–५ मात्तिमबिर्तामा भतिजको कुटाईबाट ६९ वर्षीय राजकुमार राईको मृत्यु भएको छ । ३१ वर्षीय न्युसन राईको कुटाईबाट राईको साउन ११ गते विहान मृत्यु भएको हो ।
साउन १० गते राती करिब ७ बजेतिर कुटाईबाट राईको साउन ११ विहान मृत्यु भएको साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका वडाअध्यक्ष जीवन खत्रीले बताएका छन् । कुटपिटबाट घाइते भएका राईको जिल्ला अस्प्ताल दिक्तेलमा उपचारको क्रममा विहान तीन बजेर ५० मिनेट जाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् । कुटपिट गर्ने न्युसनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दिक्तेलमा ल्याएर अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित