नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ६–जिल्ला अस्पताल खोटाङलाई बिमा बोर्डले बिमा वापतको भुक्तानी नगर्दा औषधी खरिदमा समस्या भएको छ । बोर्डले बिमा वापतको रकम भुक्तानी नगर्दा चालु आर्थिक वर्षका लागि औषधी खरिद गर्न नसक्दा बिमा कार्यक्रम अन्तरगत स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने अवस्थामा पुगेको हो ।
जिल्ला अस्पताल खोटाङका प्रमुख डा. रूपेश सङ्ग्रौलाका अनुसार आर्थिक वर्ष २०८१/८२ को बिमा वापतको चार करोड २५ लाख ४४ हजार ६ सय ९४ मध्ये ३ करोड ४७ लाख ८५ हजार ६ सय ४९ रूपैयाँ भुक्तानी हुन बाँकी छ । ७७ लाख ५९ हजार ४५ रूपैयाँ भने पेश्की वापत बिमा वोर्डले पठाएको सङ्गौलाले बताएका छन् । भुक्तानी हुन बाँकी रकम उपलब्ध नहुदा चालु आर्थिक वर्षका लागि बिमा वापतको औषधी खरिद गर्न नसक्ने अवस्थामा पुगेको सङ्ग्रौलाको भनाई छ ।
जिल्ला अस्पतालमा अस्पताल व्यवस्थापन समितिले फार्मेसी सञ्चालन गरी सङ्घीय सरकार अन्तरगत बिमा कार्यक्रमबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको सङ्गौलाले बताएका छन् । यस अन्तरगत दुई सय ६१ प्रकारको औषधी वितरण गर्ने गरेको समेत सङ्गौलाले सुनाएका छन् ।
सङ्गौलाका अनुसार अहिले ६० लाख बराबरको औषधी मात्र स्टक छ । उक्त औषधीले करिब दुई–अढाइ महिना मात्र पुग्ने भएकाले त्यसपछिका लागि भने औषधी खरिद गर्ने रकम नहुदा समस्या आइपरेको सङ्गौलाले जनाएका छन् । औषधी खरिद गर्न रकम नहुदा बिमा कार्यक्रम अन्तरगत स्वास्थ सेवा प्रवाह गर्न समस्या भएको सङ्गौलाको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित