नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ५–उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको शिशुको मृत्यु भएको छ । जिल्ला अस्पताल दिक्तेलमा साउन ५ गते शल्यक्रिया मार्फत जन्मिएको शिशुको काठमाडौं महाराजगंजस्थित कान्ति बालअस्पतालमा उपचारको क्रममा साउन ५ गते दिउसो दुई बजेतिर मृत्यु भएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क मालाका जानुका खत्री र सर्वकुमार खत्रीको दोश्रो सन्तानको रूपमा जन्मिएका शिशुको कान्ति बाल अस्पतालमा मृत्यु भएको हो । स्वास प्रस्वासमा जटिल किसिमको समस्या देखिएपछि शिशुलाई काठमाडौं पठाइएको अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रौलाले बताएका छन् । उनलाई गर्भवती तथा सुत्केरी महिलाका लागि हवाइ उद्धार कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको सङ्गौलाले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित