नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २८–जन्तेढुङ्गा गाउँपालिकाले उत्पादन गरेका आलु विक्री गर्न सुरु गरिएको छ । उक्त गाउँपालिका–४ डम्बर्खुशिवालयको भन्ज्याङखर्कमा करिब ६० रोपनीमा लगाइएको आलु उत्पादनपछि विक्री गर्न सुरु गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष खेमबहाुदर खड्काका अनुसार असार २८ गतेसम्म १५ सय केजी विक्री भएको छ । प्रतिकेजी ५५ रूपैयाँका दरले चिसापानीस्थित कोसेलीघरबाट विक्री भइरहेको खड्काले सुनाएका छन् । उत्पादन भएको करिब ६ हजार केजीमध्ये आधा विक्री गर्ने र आधा बिउ राखिने खड्काको भनाई छ । भन्ज्याङखर्चस्थित गाउँपालिकाको नाममा रहेको ११ रोपनी र अन्य सार्वजनिक गरी ६० रोपनीमा आलु खेती गरिएको थियो । माघमा लगाइसक्नु पर्ने आलु फागुनको १५ गतेबाट सुरु गरिएकाले भनेजति नफलेको खड्काले बताएका छन् ।
आगामी वर्ष पनि आलु खेतीलाई निरन्तरता दिइने गाउँपालिका अध्यक्ष अरुणादेवी राईले बताएकी छन् । मलका लागि करिब तीन लाख खर्च गरेर दुई वटा भैसी पनि खरिद गरिएको छ । आलु रोपिएको ठाउँमा तिते फापर रोप्ने तयारी गरिएको खड्काको भनाई छ । कृषि उत्पादन, रैथाने बाली प्रबद्र्धन तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले उक्त खेती गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २९–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २८–जेन–जी ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २४–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १९–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १८–दुई करोड ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित