दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा एसइइ परीक्षामा उत्कृष्ट विद्यालय पुरस्कृत

  • प्रकाशित मितिः असार २१, २०८२
  • 1813 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार २१–एसइइमा उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले एसइइमा नगरक्षेत्रका उत्कृष्ट सामुदायिक विद्यालयलाई असार २१ गते पुरस्कृत गरिएको हो ।
९५.४५ प्रतिशत विद्यार्थी उतीर्ण गराएर प्रथम हुने जालपास्थित ज्योति माविले नगद ५० हजार सहित पुरस्कार जितेको हो । यस्तै ९१.३० प्रतिशत विद्यार्थी उतीर्ण गराउने नेर्पास्थित कालिका मावि दोश्रो भएको छ । उक्त विद्यालयले तीस हजार नगद सहित प्रमाणपत्र पाएको छ । त्यसैगरी ८६.९६ प्रतिशत विद्यार्थी उतीर्ण गराएर दिक्तेलस्थित पञ्चमावि तेस्रो भएको छ । उक्त विद्यालयलाई बीस हजार नगद सहित पुरस्कृत गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका शिक्षा शाखाका सुवाशचन्द्र राईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित