खोटाङमा कोभिड १९ विरुद्धको बुस्टर फाइजर खोप दिन थालियो

  • प्रकाशित मितिः असार १५, २०८२
  • 829 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार १५–कोभिड १९ को सङक्रमण बढ्न थालेपछि खोटाङमा त्यस विरुद्घको खोप दिन थालिएको छ । देशभर संक्रमणको प्रकोप बड्न थालेपछि दिक्तेलमा असार १५ गतेदेखि कोभिड १९ विरुको थप बुस्टर फाइजर खोप दिन थालिएको हो ।
असार १५ दिक्तेलमा जिल्ला समन्वय समिति र सरस्वती माविमा फाइजर खोप लगाइएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यका अनुसार जिल्ला समन्वय समितिको हलमा महिला २१ र पूरुष २१ गरी ४२ जना र सरस्वती मावि दिक्तेलमा महिला २१२ र पुरुष १६४ गरी ४१८ जनालाई खोप दिइएको छ । दिक्तेल रूपाकोट मझुवागढीमा आगामी असार २० गतेसम्म खोप दिइने छ ।
हलेसी तुवाचुङ नगरपालिकामा आगामी असार १७ गतेदेखि असार २० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईले बताएका छन् । पहिलो चरणमा जिल्लाको दुई नगरपालिकाका २० हजार जनसङ्ख्यालाई खोप दिने योजना बनाइएको चौलागाईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित