दिक्तेल बजारमा गरिएको बजार अनुगमनमा ५४ हजार बढीको म्याद नाघेका उपभोग्य वस्तु बरामत (भिडिओ सहित)

  • प्रकाशित मितिः असार १३, २०८२
  • 1030 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १३– दिक्तेल बजारमा असार १३ गते गरिएको बजार अनुगमनमा ५४ हजार बढीको म्याद नाघेको उपाभोग्य तथा अन्य वस्तु बरामत गरी नष्ट गरिएको छ । हाटडाडाँदेखि रत्नपार्क किरात चौक हुदै अल्छेढुङ्गासम्मको विभिन्न पसलहरूमा गरिएको अनुगमनमा ५४ हजार एक सय ३५ रूपैयाँ बराबरको म्याद नाघेको उपभोग्य तथा अन्य वस्तु बरामत गरी नष्ट गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, कर कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङ उद्योग वाणिज्य संघको संयुक्त टोलीले हाटडाडाँदेखि किरात चौक हुदै अल्छेढुङ्गासम्म अनुगमन गर्दा उक्त सामान बरामत गरिएको हो । अनुगमनको क्रममा स्प्राइट, ड्यु, पेप्सी, रमपम, करेन्ट चाउचाउ, खुकुरी तेल, पानी पुरी मसला, चटपटे मसला, सेकुवा मसला, थुक्पा, पास्ता, जिरा, पापड, आटा, कुरमुरे, चिप्स, धुलो खुर्सानी लगायतका म्याद नाघेका उपभोग्य वस्तु नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय खोटाङका सूचना अधिकारी सन्तोष भट्टराईले बताएका छन् । बरामत वस्तु मुचुल्का बनाएर नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सागर साहले बताएका छन् । अनुगमनको प्रभावका कारण सर्वसाधारणमा चेतना बढेकाले थोरै मात्र सामान बरामत भएको साहको भनाई छ । साहले सदरमुकाम लगायत ग्रामीण भेगमा समेत अनुगमनलाई तिब्रता बनाइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित