नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १२–जिल्लाको दक्षिणी क्षेत्रको दुई स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिलाई कृतिम खुट्टा वितरण गरिएको छ । खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाका १९ जना अपाङ्गता भएका व्यक्तिलाई कृतिम खुट्टा असार १२ गते वितरण गरिएको हो ।
सम्वन्धित गाउँपालिका, कोशी प्रदेश र करुणा फाउण्डेसनको आर्थिक सहयोग तथा राष्ट्रिय अपाङ्ग कोषको प्राविधिक सहयोगमा कृतिम खुट्टा वितरण गरिएको हो । राष्ट्रिय अपाङ्ग कोषका प्रोस्थेसिष्ट एण्ड अर्थोष्टिष्ट रामबहादुर थापाका अनुसार खोटेहाङ गाउँपालिकाको वडा नं–९ लिच्किराम्चेका अति अशक्त अपाङ्गता भएकी सुशिला परियार केएएफओ (क्यालिपर), अति अपाङ्गता भएका ६ इन्द्रेणीपोखरीका सन्दीप राईलाई घुडामुनिको कृतिम खुट्टा, वडा नं ८ सिम्पानीका सरगम राईलाई गोलीगाँठो मुनिको कृतिम खुट्टा, सिम्पानीकै अति अशक्त मनकुमारी राई र ६ इन्द्रेणीपोखरीका अति अशक्त अपाङ्गता भएका टिकाबहादुर राईलाई घुडामुनिको सपोर्टेट अर्थोसिस, इन्द्रेणीपोखरीकै सामान्य अपाङ्गता भएकी मन्दिरा राई र लिच्किराम्चेका सामान्य अपाङ्गता भएका उदीमान सार्कीलाई अर्थोपेटिक सुज वितरण गरिएको छ ।
त्यस्तै जन्तेढुङ्गा गाउँपालिकामा १२ जनालाई विभिन्न सामग्री वितरण गरिएको छ । करुणा फाउण्डेसनका सचिन श्रेष्ठका अनुसार जन्तेढुङ्गा गाउँपालिका–२ का विन्दु राई र ढकबहादुर खड्का, ३ का रुकु राई, ४ का विष्णु राई र मिना बस्नेत, ५ का दिलबहादुर विश्वकर्मा, तेजबहादुर विष्ट, शिभमायाँ बुढाथोकी, पूर्णबहादुर खड्का, ६ का जसबहादुर राई र युवबहादुर पोखरेललाई विभिन्न कृतिम खुट्टा वितरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित