सविना अछामे–
खोटाङ, असार १२–दिक्तेलमा ट्राफिक सप्ताहको समापन गरिएको छ । असार ६ गते सुरु ट्राफिक सप्ताह असार १२ गते समापन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङको आयोजनामा उक्त सप्ताह आयोजना गरिएको हो । सप्ताहको अवसरमा ट्राफिक नियमसम्बन्धी चालक तथा सहचालकलाई मोवाइल फोनको प्रयोगबाट हुने सम्भावित दुर्घटनासम्बन्धी जानकारी, तीन पाङग्रे चालकहरूलाई, ट्राफिक नियमसम्बन्धी प्रशिक्षण गरी यान्त्रिक चेकजाँच, २ पाङग्रे सवारी चालकसंग २ मिनेट कार्यक्रम अन्तरगत मादक पदार्थ सेवन र लागु पदार्थ सेवन चेक गरिएको, चालक तथा सहचालकलाई आकस्मिक सवारीसाधनका लागि दाहिने लेन खाली गरौं भन्ने सम्बन्धमा प्रशिक्षण दिइएको, विभिन्न विद्यालयका बसहरूका चालक परिचालहरूलाई ट्राफिक नियमसम्वन्धी प्रशिक्षण दिइएको र विद्यालयमा गएर विद्यार्थीहरूलाई समेत ट्राफिक नियमसम्वन्धी प्रशिक्षण दिइएको छ । सप्ताहको सुरु दिन सार्वजनिक सवारी साधनमा क्युआरकोट सहितको स्टिकर समेत टाँसिएको थियो । उक्त स्टिकरमा महिला तथा बालबालिका, ज्येष्ठ नागरिक र शारिरीक रूपमा अशक्त भएका व्यक्तिहरूलाई दुव्र्यवहार भएमा अथवा कुनै गुनासो वा सुझाव गर्नु पर्ने उल्लेख गरिएको छ ।
प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको अध्यक्षतामा भएको समापन कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुुख जिल्ला अधिकारी नरहरि घिमिरे, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको जिल्ला ट्राफिक प्रहरी खोटाङका प्रमुख पितम राईले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित