लागुऔषध दुुरुपयोग एबम् ओसार–पसार विरुद्घ अन्तराष्ट्रिय दिवस मनाइयो

  • प्रकाशित मितिः असार १२, २०८२
  • 746 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार १०–दिक्तेल बजारमा लागुऔषध दुुरुपयोग एबम् ओसार–पसार विरुद्घ अन्तराष्ट्रिय दिवस मनाइएको छ । जिल्ला प्रसाशन कार्यालय खोटाङको मुख्य आयोजनामा असार ६ गते सुरु भएको कार्यक्रमको सप्ताव्यापी दिवस असार १२ गते प्रभातफेरी र हस्ताक्षर संकलन गरी समापन गरिएको हो ।
समापनमा दिक्तेल बजारको किरात चौकबाट जिल्ला समन्वय समिति खोटाङको प्राङगणसम्म प्रभातफेरी गरी लागूऔषध दुरुपयोग तथा ओसार–पसार विरुद्घ हस्ताक्षर संकलन गरिएको थियो ।

‘स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्घता : लागु औषध दुरुपयोग विरुद्घ ऐक्यबद्घता’ भन्ने मुल नाराका साथ दिवस मनाइएको हो ।
सप्तव्यापी कार्यक्रम अन्तरगत विद्यार्थीह बीच निवन्ध लेखन, विभिन्न विद्यालयमा विद्यार्थी र शिक्षकसंग अन्तरक्रिया र प्रस्तुतिका कार्यक्रम गरी जनचेतना फैलाउने कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले बताएका छन् ।
कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि सुरक्षा निकायका प्रमुुख तथा प्रतिनिधि विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थिहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित