सविना अछामे–
खोटाङ, असार ११–जिल्ला अस्पताल खोटाङको निर्माणाधीन ५० शैयाको भवन अलपत्र पार्ने निर्माण व्यवसायीहरूलाई तीन दिन भित्र निर्माणस्थलमा उपस्थित हुन पत्राचार गरिएको छ । २०८० पुस २४ गतेभित्र सक्ने गरी संझौता गरिए पनि अहिलेसम्म भवन निर्माण नसकिएपछि आगामी असार १३ गते भित्र निर्माणस्थलमा उपस्थित हुन पत्राचार गरिएको हो ।
जिल्ला अस्पताल व्यवस्थापन समितिको आयोजनामा असार ११ गते भएको सर्वपक्षीय बैठकको निर्णयले निर्माणमा संलग्न श्याम सुुन्दर निर्माण कम्पनीका विष्णु बुढाथोकी, नेपाल फुुलबारी निर्माण कम्पनीका बाबुराम कटवाल र राम सागर निर्माण कम्पनीका खडानन्द पौडेललाई तीन दिन भित्र उपस्थित हुन निर्देशन दिइएको हो । २२ करोड ९० लाख ४७ हजार ९२ रूपैंयाँको लागतमा ३० महिनाभित्र सक्ने गरी २०७८ असार २४ गते सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासंग उक्त निर्माण कम्पनीहरूले सम्झौता गरेका थिए ।
पटक–पटक म्याद थप्दै निर्माण अलपत्र परेपछि टहरामा उपचार गर्नुपर्ने वाध्यता छ । यो समस्यालाई मध्यनजर गर्दै अस्पताल व्यवस्थापन समितिले तत्काल निर्माण सम्पन्न गर्ने वातावारण सिर्जना गर्न तीनै निर्माण कम्पनीका प्रतिनिधिहरूलाई असार ११ गते बैठकमा बलाएको थियो । तर तीनमध्ये रामसागर निर्माण कम्पनीका प्रतिनिधि पौडेल मात्र उपस्थित भएपछि पत्राचार गर्ने निर्णय गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताएका छन् । राईको अध्यक्षतामा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका आयोजना प्रमुख सुरज पौडेल, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू लगायत सम्मिलित बैठकको निर्णयले जिल्ला अस्पताल खोटाङका प्रमुख डां रूपेश सङ्ग्रौलाले आगामी तीन दिनभित्र निर्माणमा संलग्नहरूलाई निर्माणस्थलमा उपस्थित हुन पत्राचार गरेका हुन् । तोकिएको समयमा उपस्थित नभए निर्माणमा सम्बद्धहरूलाई जहाँबाट जसरी पनि ल्याइने राईले बताएका छन् ।
कोशी प्रदेश सरकारको जेठ १२ गतेको बैठकले जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । तर भवनको भौतिक प्रगति ७० प्रतिशत मात्र भएकाले ५० शैयाको सेवा विस्तार अन्यौलमा परेको छ । भवन सकेर अस्पताललाई हस्तान्तरण नगरिन्जेलसम्म ५० शैयाको सेवा विस्तार गर्न नसकिने भएकाले जसरी पनि निर्माण सम्पन्न गराउनु पर्ने राईको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित