रावाबेसी गाउँपालिकालाई लिची हवको रूपमा विकास गरिने

  • प्रकाशित मितिः असार ११, २०८२
  • 809 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार ११–रावाबेसी गाउँपालिकाले भौतिक पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट ल्याएको छ । असार १० गते सम्पन्न १७ औँ गाउँसभामा ३८ करोड ५६ लाख ५६ हजार ८ सय ४३ रूपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको हो ।
संघीय सरकारसंगको साझेदारी समपूरक अनुदानबाट विजुले–लेकखर्क–दुबेकोल–ऐसेलुखर्क सडकको लागि १ करोड ७५ लाख, प्रदेश सरकारसँगको समपूरक अनुदानबाट नुनथला– हरमटार–कुभिण्डे–जौबारी सडक स्तरोन्नतिको लागि १ करोड २५ लाख र वडा नम्बर १,३ र ५ को तला थप्नका लागि ७५ हजार बजेट विनियोजन गरिएको छ ।
संघीय सरकार विशेष अनुदानबाट वृहत कृषि व्यवसाय प्रवद्र्धदन कार्यक्रमका लागि १ करोड ३० लाख बजेट विनियोजन गरिएको छ । रावाबेसी गाउँपालिकालाई लिची हवको रूपमा विकास गर्ने लागयतका कृषि कार्यक्रमहरू समेटेर नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताएका छन् । वडागत पूँजीगत योजनाहरूका लागि २ करोड २ लाख, निर्माणाधीन गाउँपालिकाको प्रशाशनिक भवनका लागि गाउँपालिकाको तर्फबाट ५० लाख बजेट विनियोजन गरिएको छ ।
आर्थिक विकासका लागि १ करोड ८६ लाख ७९ हजार, सामाजिक विकासका लागि १९ करोड ११ लाख ८३ हजार ८ सय ४३ रूपैयाँ रकम विनियोजन गरिएको छ । विद्यार्थीको क्षमता अभिवृद्धिका लागि विद्यालयहरूमा खेलकुल र संगीत शिक्षकहरूको व्यवस्था गर्ने, गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गर्ने लगायतका नयाँ योजना लिइएको छ ।
गाउँपालिकाको समग्र पूर्वाधार विकासको लागि ९ करोड ९ लाख ८२ हजार, वातावरण तथा विपद व्यवस्थापनका लागि ३० लाख, सुशासन तथा संस्थागत विकासको क्षेत्रमा १८ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिमा सञ्चालित एकल पुरुष एबम् एकल महिला भत्ता लगायत शिक्षा क्षेत्रका कार्यक्रमहरूलाई निरन्तरता दिएको छ । बेरोजगार युवाहरूलाई रोजगारीको सिर्जना गर्ने, फुसको छानो विस्तापित गर्ने लगायतका नयाँ नीति प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित