सविना अछामे–
खोटाङ, असार १०–ऐसेलुखर्क गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि ४९ करोड ७० लाख ९३ हजार ८८ बजेट प्रस्तुत गरेको छ । असार १० गते आयोजित १७ औं गाउँसभा गाउँपालिका उपप्रमुख राजेश राजभण्डारीले आर्थिक विधेयक तथा बजेट प्रस्तुत गरेका हुन् ।
गाउँसभामा वित्तीय समानीकरणतर्फ ८ करोड २३ लाख, सशर्त अनुदान चालुतर्फ २३ करोड २४ लाख, सशर्त अनुदान पूँजीतर्फ ८८ लाख, समपूरक अनुदानतर्फ एक करोड ४० लाख, विशेष अनुदानतर्फ रु चार करोड १५ लाख बजेट प्रस्तुत गरिएको छ । प्रदेश सरकारको तर्फबाट चालु आर्थिक वर्षका लागि दुई करोड ७३ लाख ९९ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
प्रदेश वित्तीय समानिकरण अनुदानतर्फ ७१ लाख पाँच हजार, सशर्त अनुदान ४७ लाख ९४ हजार, सशर्त अनुदान पूँजी १५ लाख, समपुरक अनुदानमा एक करोड ४० लाख र गत वर्षको मौज्दात ५५ लाख रकमलाई समेटेर वार्षिक बजेट सार्वजनिक गरिएको छ । आर्थिक विकासतर्फ ६४ लाख २० हजार, सामाजिक विकासतर्फ एक करोड ९० लाख, पूर्वाधार विकासतर्फ चार करोड १६ लाख, वन, वातावरण र विपद् व्यवस्थापनतर्फ १३ लाख, सुशासन र सङ्गठनात्मक विकासतर्फ पाँच लाख ५० हजारको बजेट प्रस्तुत गरिएको छ ।
गाउँसभामा गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राईले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त गाउँपालिकाले भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको गाउँपालिकाले जनाएका छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष गिरेन्द्रबहादुर राई :
बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उपाध्यक्ष राजेश राजभण्डारी :
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित