नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १०–साकेला गाउँपालिकाले जन्मने साथ बच्चाको नाममा रकम बचत गर्ने नीति पारित गरेको छ । आगामी साउनदेखि जन्मिने बच्चाको नाममा रकम जम्मा गर्ने असार १० गते सम्पन्न १५ औं गाउँसभामा प्रस्तुत नीति कार्यक्रममा उल्लेख गरिएको हो ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार ‘नवजात शिशु बचत योजना’ अन्तरगत एसबीआइ बैंकसंगको सहकार्यमा खाता खोली प्रत्येक वर्ष १० देखि १५ हजारसम्म जम्मा गरिने छ । उक्त रकम वार्षिक रूपमा बढाउदै लगिने समेत राईले बताएका छन् । खोलिएको खातामा १८ वर्षको उमेरसम्म पालिकाले आन्तरिक आम्दानीबाट रकम व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
खाता खोल्नका लागि स्वास्थ्य संस्थामा बच्चा जन्माएको हुनुपर्ने, समयभित्रै जन्मदर्ता गराएको हुनुपर्ने, कम्तीमा कक्षा १२ सम्म गाउँपालिकाभित्रकै सामुदायिक विद्यालयमा निरन्तर अध्ययन गरेको हुनुपर्ने, बसाइ सरेर अन्यत्र जान नपाईने लगायतका मापदण्ड तयार गरिने राईले बताएका छन् । यसले बालबालिकाहरूलाई उच्च शिक्षा र समुन्नत जीवनका लागि आधार तयार गर्ने राईको भनाई छ ।
साकेला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ३९ करोड ३० लाख ३९ हजार छ सय ५९ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले चालु तर्फ २७ करोड ४७ लाख एक हजार ६९ रूपैंयाँ र पूँजीगत तर्फ ११ करोड ८३ लाख ३८ हजार पाँच सय ९० रूपैंयाँ बराबरको बजेट सभामा पेश गरेकी छन् ।
वित्तीय समानीकरण अनुदान अन्तरगत ६ करोड ८९ लाख, राजश्व वाँडफाँडबाट ६ करोड ३२ लाख ५६ हजार छ सय ५९, सशर्त अनुदान तर्फ १४ करोड चार लाख, सशर्त अनुदान पूँजीगततर्फ एक करोड ३८ लाख, संघीय सरकार समपूरक अनुदान तर्फ दुई करोड २२ लाख, विशेष अनुदान चालु तर्फ एक करोड ५४ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ५८ लाख नौ हजार, सवारी कर वाँडफाँडबाट ४९ लाख ९० हजार, प्रदेश सशर्त अनुदान तर्फ ७५ लाख ६५ हजार, प्रदेश सरकार पूँजीगततर्फ एक करोड ७२ लाख ५९ हजार, समपूरक अनुदान पूँजीगततर्फ एक करोड ६० लाख, जिल्ला समन्वय समितिबाट साझेदारी बापत १८ लाख, मालपोत कार्यालयबाट घरजग्गा रजिष्ट्रेशन शुल्क बाँडफाँड वापत एक लाख ५० हजार, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर वापत दश हजार तथा गाउँपालिकाको प्रक्षेपित राजश्व रकम ३० लाख, आ.व. २०८१÷०८२ बाट सरेर जाने बैंक मौज्दात एक करोड २५ लाख प्रक्षेपित आय अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित