बाराहपोखरी गाउँपालिकाको बजेट ३८ करोड बढी

  • प्रकाशित मितिः असार १०, २०८२
  • 678 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार १०–बाराहपोखरी गाउँपालिकाले ३८ करोड बढीको बजेट पेश गरेको छ । १७ औं गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ३८ करोड ४० लाख ५६ हाजर ७७० रुपैयाँको बजेट पेश गरेको हो ।
असार १० गते पालिका उपाध्यक्ष भुवल राज राईले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । यसअन्तरगत सङ्घीय सरकार राजश्व बाँडफाँडबाट ७ करोड ३७ लाख ९८ हजार एक सय ३३, प्रदेश सरकारबाट ५० लाख १९ हजार रूपैयाँ र सङ्घीय सरकार समानीकरण अनुदानबाट ७ करोड ९५ लाख बजेट प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै प्रदेश सरकारबाट ६७ लाख ६१ हजार, सङ्घीय सरकार समपूरक अनुदानतर्फ १ करोड ४० लाख र प्रदेश सरकारबाट १ करोड ६० लाख बजेट प्राप्त हुने अनुमान गरिएको गाउँसभामा जानकारी दिइएको छ ।
सङ्घीय सरकार सशर्त अनुदानबाट १५ करोड ८५ लाख, प्रदेश सरकार सशर्त अनुदानबाट २१ लाख ४७ हजार, आन्तरिक राजश्वबाट २१ लाख, स्थानीय राजश्व बाँडफाँड एक लाख, बैङ्क मौज्दात १ करोड ८८ लाख ३१ हजार ६२७ बजेट प्राप्त हुने अनुमान गरिएको छ ।
बजेट कार्यान्वयनलाई जिम्मेवार र जवाफदेही बनाउन आगामी आर्थिक वर्षबाट कार्य सम्पादन सम्झौता गरिने गाउँपालिका अध्यक्ष शालिकराम बञ्जाराले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित