बस दुर्घटनामा एक जनाको मृत्यु, १४ घाइते

  • प्रकाशित मितिः बैशाख ३, २०७६
  • 1178 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, बैशाख ३–हिजो राती भएको बस दुर्घटनामा भएका जनाको ज्यान गएको छ भने १४ घाइते भएका छन् । काठमाडौंबाट दिक्तेल आउदै गरेको ना ४ ख ७४११ नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसी मन्दिर नजिकै राती साडे १० बजे दुर्घटना हुदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ७० वर्षीय प्रजबहादुर राईको घटनास्थलमै मृत्यु भएको हो ।
घाइतेमध्ये गम्भिर छ जनालाई काठमाडौ पठाइएको छ । बस चालक भक्तपुर चा“गुनारायण नगरपालिका–५ बस्ने २६ वर्षीय टिकाराम खत्री, रामेछाप मन्थली उमाकण्ठ गाउ“पालिका–५ बस्ने ४० वर्षीय महादोर्जे लामा, उनकी श्रीमती ३५ वर्षीया लककुमारी लामा, उदयपुर केलका गाउ“पालिका–५ का २३ वर्षीय दुरेन्द्र राई, खोटाङ बराहापोखरी गाउ“पालिका–१ का २४ र्षीय विष्णुकुमार राई र हलेसी तुवाचुङ नगरपालिका–१० का ५१ वर्षीय दुर्गाबहादुर मगरलाई काठमाडौं पठाइएको हो । उनीहरुमध्ये चालक खत्री गम्भिर घाइते छन् । उनीहरुको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।
अन्य घाइतेको जिल्ला अस्पतालमा उपचारपछि घर फर्किएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का २९ वर्षीय ओजोनबाबु आचार्य दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ का २४ वर्षीय सुजन रम्तेल, १७ वर्षीय आशिष राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का २८ वर्षीय युवराज थापा, साकेला गाउ“पालिका–१ का ३० वर्षीय साजन कटवाल, २६ वर्षीय भीमबहादुर बुढाथोकी, दिप्रुङ चुइचुम्मा गाउ“पालिका–७ का १७ वर्षीय ओमन राई, केपिलासगढी गाउ“पालिका–१का २९ वर्षीया मैना राई र उदयपुर कन्चनरुप नगरपालिका–११ का २४ वर्षीय भूपेन्द्रप्रसाद चौधरी दिक्तेल अस्पतालमा उपचारपछि फर्किएका हुन् ।
बढी गतिले दुर्घटना भएको घाइतेमध्येका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ का सुजन रम्तेलले बताए । ‘यत्तिको स्पीडमा म कहिल्यै यात्रा गरेको थिइन ।’ रम्तेलले भने–‘बढी स्पीडमा भएकैले दुर्घटना भएको हो ।’ अर्का घाइते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ओजोनबाबु आचार्यका अनुसार बस अगाडि तीन जना सवार मोटरसाइकल एक्कासी रोकिएपछि चालकले ब्रेक लगाउदा गाडी अनियन्त्रित भई खसेको थियो । ‘तीन जना सवार मोटरसाइकल एक्कासी रोकियो ।’ आचार्यले भने–‘हाम्रो ड्राइभरले ब्रेक लगाउ“दा अनियन्त्रित भएर पछाडितिर गाडी गुड्यो, त्यसपछि सडकमुनि झरियो ।’
आचार्यका अनुसार बस करिब २०–२५ मिटर तल खसेको थियो । फोल्डिङ हुदै बस खसेकाले धेरैजना घाइते भएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित