यस्तो पो काम

  • प्रकाशित मितिः असार २३, २०७५
  • 2372 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ असार–२३, उमेर ढल्किदो छ । तर युवाको भन्दा कम छैन उनको जागर । युवाले भन्दा फरक सोच र गतिशील सिर्जनामा सधैं जुटिरहेका हुन्छन् हलेसी तुवाचुङ नगरपालिका कदुवाका फौदसिंह कार्की ।
आफूलाई किसान भनेर चिनाउ“ने उनी नमुना किसान नै हुन् । उनले स्थानीय किसानले उत्पादन गरेको दूध गाउ“मै खपत गर्ने मेसो बसाएका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने जयरामघाटको उकालो छिचोल्ने साथ कदुवा भन्ने ठाउ“मा लस्सी पसल सञ्चालन गरेर गर्मीमा भुतुक्कै हुने यात्रुका लागि सेवा पु¥याएका छन् । उनको यो कामले यात्रुलाई सेवा मात्र दिएनन्, गाउ“मा उत्पादन भएको दूध तथा लस्सीमा आवश्यक फलफूल खपत गरी त्यसबाट गाउ“मा पैसा भित्राएर अर्थतन्त्रमा समेत टेवा पु¥याएका छन् । गरे मनग्गे आम्दानी हुनका साथै अर्थतन्त्रमा समेत टेवा पु¥याएमा फौदसिंह कार्की धन्यवादका पात्र बनेका छन् । यद्यपि हलेसी तुवाचुङ नगरपालिकाले भने भौतिक पूर्वाधारलाई मात्र जोड दिएकाले कार्कीजस्ता गतिशील तथा उदाहरणीय काम गर्नेहरूप्रति बेवास्ता गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित