सविना अछामे–
खोटाङ, असार ८–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल आचार्य गाउ“स्थित पुरानो गाउ“की सर्मिला आचार्यले दुई महिनाको अवधिमा दुई लाख भन्दा बढिको काक्रा बेचेकी छन् । गत बैशाखदेखि जेठभरिमा बेमौसमी काक्रा बेचेर यत्तिको आम्दानी गरेकी हुन् ।
१४ रोपनी मध्ये दश रोपनी मकैबारीमा र चार रोपनी खाली जग्गामा गत माघमा लगाएको काक्रा फलेपछि दुई लाख बढीको बेचेको आचार्यले सुनाइन् । उनका अनुसार दुई महिनासम्म दिनहुजसो ३५–३० हजारसम्म काक्रा बिक्री गरेको आचार्यले बताएकी छन् । अरु पनि करिब डेढ–दुई लाखको काक्रा बेच्न बा“की रहेको आचार्यको भनाई छ ।
यसबाहेक तरकारी, पशुपक्षी पालनबाट पनि मनग्गे आम्दानी गर्ने गरेकी छन् । सर्मिला कृषि तथा पशुपंक्षी बहुउद्देश्यीय फर्म खोलेर कुखरा, बाख्रा, रा“गाभैसी र तरकारी बेचेर वार्षिक १० लाख बचत हुने आचार्यले सुनाएकी छन् । नगरपालिकाले कृषि एम्बुलेन्सको व्यवस्था गरेको बताउदै आए पनि आफूले उत्पादन गरेको कृषि सामग्री भने डोकोमा बोकेर बजार लैजानु परेको उनले गुनासो गरेकी छन् ।
नगरपालिकाले किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारीकरण गर्ने जनाए पनि आफूले उत्पादन गरेको कृषिजन्य वस्तुका लागि बजार अभाव भएको समेत आचार्यले दुःखेसो पोखिन् ।
श्रीमान तथा छोरीहरू निजामती सेवामा कार्यरत भए पनि आफू भने कृषि कर्ममै रमाउदै अँएको उनले सुनाएकी छन् । कृषिकर्म गरेरै पा“च छोरी र एक छोरालाई शिक्षादीक्षा दिएको समेत आचार्यले दाबी गरेकी छन् । कृषिको भविष्य पनि राम्रो भएकाले आफूलाई यतैतिर तल्लिन राखेको आचार्यको भनाई छ । तर स्थानीय सरकारले बेवास्ता गर्दा भने चित्त दुखेको उनको दुःखेसो छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित