सविना अछामे–
खोटाङ, जेठ ३१–दिक्तेलमा यो वर्षको उभौली साकेला सिली मैझारो गरिएको छ । किरात येले सम्वत ५०८५ को अवसरमा किरात राई यायोक्खा र किरात सेवा समाजको आयोजनामा माटिकोरे खेल मैदानमा जेठ ३१ गते उभौली साकेला सिली मैझारो गरिएको हो ।
किरातीहरूले बैशाखे पूर्णीमाको बेला उभौली र मङ्सिरे पूर्णीमाको बेला उधौली मनाउने गर्दछन् । बैशाखे पूर्णीमाको बेला जलचर तथा थलचर जीवजन्तु उभौली लाग्ने भएकाले उभौली भनिएको हो । उभौलीको अवसरमा खेतीपाती राम्रो होस्, प्राकृतिक प्रकोप आइनपरोस् लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने चलन छ । मङ्सिरे पूर्णीमाको बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले उधौली भनिएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताएका छन ।
उधौलीको अवसरमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा–आराधना गर्ने चलन छ । उभौली–उधौली आफन्तसंगको भेटघाट गर्ने महत्वपूर्ण अवसर पनि मानिन्छ ।
माटिकोरेमा आयोजिता उभौली साकेला सिलीमा किरातीहरू मात्र होइन गैरकिरातहरूले समेत नाचेका छन । साकेला सिली किरातीहरूले मात्र नभइ सबै जातजाति तथा धर्म समुदायले समेत नाँच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको सम्वन्ध विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–महालेख�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २८–जन्तेढ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २७–अलपत्र �... ... ...
सविना अछामे–खोटाङ, असार २६–दिप्रुङ चुइचुम्मा �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित