संझौता कार्यान्वयन नभए सरकारबाट बाहिरिन्छौं : यादव

  • प्रकाशित मितिः चैत्र २८, २०७५
  • 1451 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, चैत २८–उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आफूहरुसंग गरेको संझौता उलङ्घन भए सरकारबाट बाहिरिने बताएका छन् । बिहीबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यादवले मधेसी, जनजाति, महिला, दलित पिछडा बर्गको मुद्दा संस्थागत नभए सत्ताबाट बाहिरिने बताएका हुन् ।
समावेशी, पहिचान लगायतका मुल मुद्दा सहित संघीय गणतन्त्रलाई संस्थागत गर्न सरकारलाई सहयोग गर्ने उद्देश्यले आफूहरु सत्ता साझेदार बनेको र त्यो मुद्दा संस्थागत नभए सरकारबाट बाहिरिने यादवले बताए । यसका लागि केही समय पर्खेर हेर्ने यादवको भनाई थियो । सिकेलालको सन्दर्भमा मन्त्री यादवले भने–‘जेलदेखि आत्तिएर संझौता गरेको मात्रै हो ।’ यादवले थपे–‘त्यो ठूलो कुरै हैन ।’
स्वास्थ्य क्षेत्रलाई सर्वसाधारण तथा गरिव जनताको पहुचमा पु¥याउने यादवले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित