टेबलटेनिसको उपाधि सुजनलाई र बुद्धिचालको बद्रीलाललाई (भिडिओ सहित)

  • प्रकाशित मितिः जेठ १, २०८२
  • 226 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, बैशाख ३१–खुला टेबलटेनिस प्रतियोगिताको उपाधि ललितपुरका सुजन गदालले चुमेका छन् । दिक्तेलको माटिकोरे कभर्डहलमा बैशाख ३१ गते सम्पन्न खेलमा रूपन्देहीका बुद्धिमान तामाङलाई पराजित गर्दै गदालले उपाधि चुमेका हुन् ।
एभिएम टेबलटेनिस क्लव ललितपुरका गदालले २५ हजार नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् । उपविजेता तामाङले १२ हजार पाँच सय नगद, ट्रफी, पदक र प्रमाणपत्र हात पारेका छन् । तृतीय हुने सुनसरीका सिद्धार्थ तामाङ र एभिएमका प्रजिल भट्टराईले ६ हजार दुई सय ५० रूपैयाँका दरले नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।
खुला जुनियर महिला टेबलटेनिस प्रतियोगितामा एभिएमकै साइरा शाक्य प्रथम भएकी छन् । उनले दश हजार नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएकी छन् । दोश्रो हुने एभिएमकी अर्सना महर्जनले पाँच हजार नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएकी छन् । तेश्रो हुने खोटाङकी टोनिस्मा पोखरेल र खोटाङकै ज्ञानु राईले दुई हजार पाँच सय रूपैयाँका दरले नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।
खुला जुनियर पुरुष टेबलटेनिस प्रतियोगितामा एभिएमकै जयस्नु महर्जनले १५ हजार नगद, ट्रफी, पदक र प्रमाणपत्र, दोश्रो हुने एभिएमकै प्रजिल भट्टराईले सात हजार पाँच सय नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् । रूपन्देहीका बुद्धिमान गुरुङ र रूपन्देहीकै समीर खत्री तेश्रो घोषित भएका छन् । उनीहरूले तीन हजार सात सय ५० रूपैयाँका दरले नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएको आयोजक नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले बताएका छन् ।
त्यस्तै बैशाख ३१ गते सम्पन्न बुद्धिचाल प्रतियोगितामा ललितपुरका बद्रीलाल नेपाली प्रथम, सुनसरीका हिमाल राई दोश्रो, खोटाङका धिरेन राई तेश्रो, रौतहटका रूपेश जैशवाल चौथो र सुनसरीका मुहान नर्सिङ श्रेष्ठ पाँचौ भएका छन् । प्रथम हुनेले २५ हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार, चौथोले ८ हजार र पाँचौले सात हजार नगद सहित ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।
त्यस्तै झापाका सुमन श्रेष्ठ छैटौ, भोजपुरका प्रदीप राई सातौ, काठमाडौंका नवीव तण्डुकार आठौ, झापाका राजन सुवेदी नवौ र मोरङका उमेश राई दशौं भएका छन् । छैटौदेखि दशौसम्मले जनही चार हजारका दरले नगद सहित ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।
उक्त खेलमा खोटाङका खेलाडीहरूबीच पनि प्रतिपर्धा भएको छ । यस अन्तरगत खोटाङ प्रथम दयन्द्र राई, दोश्रो कृष्ण गुरुङ, तेश्रो खिलाराज राई भएका छन् । उनीहरूले क्रमशः पाँच हजार, चार हजार, तीन हजार नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।
खेलमा दिक्तेल रूपाकोट नगरपालिकाका वेस्ट खेलाडीको रूपमा पदमकुमार राई घोषित भएका छन् । उनले दुई हजार पाँच सय रूपैयाँ नगद र प्रमाणपत्र पाएका छन् । त्यस्तै वेस्ट भेट्रान्समा सुनसरीका चुडामणि कुलुङ राईले तीन हजार नगद, ट्रफी र प्रमाणपत्र, वेस्ट अनरेटेड भएका दाङका बेदे सारु मगरले तीन हजार नगद, ट्रफी र प्रमाणपत्र तथा अण्डर १६ मा प्रथम हुने खोटाङका सुयव सैजुले दुई हजार पाँच सय सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतिष्ठानले आयोजना गरेको दोश्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव अन्तगरत उक्त प्रतियोगिता भएको हो । यसअन्तरगत जेठ ४ गते साहित्यिक महोत्सव हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित