नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २९–किराती ऐतिहासिक मझुवागढीमा उभौलीको अवसरमा बैशाख २९ गते साकेला सिली नाचिएको छ । किरात राई यायोक्खा, मझुवागढी संरक्षण समिति र किरात सेवा समाजको आयोजनामा साकेला सिली नाँचिएको हो ।
साकेला सिलीमा किरातीहरू मात्र होइन गैरकिरातहरूले समेत लहर मिलाएका छन् । किरातीहरूले बैशाखे पूर्णीमाको बेला उभौली र मङ्सिरे पूर्णीमाको बेला उधौली मनाउने गर्दछन् । बैशाखे पूर्णीमाको बेला जलचर तथा थलचर जीवजन्तु उभौली लाग्ने भएकाले उभौली भनिएको हो । उभौलीको अवसरमा खेतीपाती राम्रो होस्, प्राकृतिक प्रकोप आइनपरोस् लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने चलन छ ।
मङ्सिरे पूर्णीमाको बेला जलचर तथा थलचार जीवजन्तु उधौली लाग्ने भएकाले उधौली भनिएको मझुवागढी संरक्षण समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका पूर्व प्रमुख बबि चाम्लिङले बताएका छन् । उधौलीको अवसरमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा–आराधना गर्ने चलन छ । उभौली–उधौली, आफन्तसंगको भेटघाट गर्ने महत्वपूर्ण अवसर पनि मानिन्छ ।
साकेला सिली किरातीहरूले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायले समेत नाँच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको सम्वन्ध विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको चाम्लिङले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, असार ६–ऐसेलुखर्क बजारमा ती�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ४–सामाजिक �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २–सामाजिक �... ... ...
सविना अछामे–खोटाङ, असार १–अस्पतालचौक–दुम्ल�... ... ...
सविना अछामे–खोटाङ, जेठ ३१–दिक्तेलमा यो वर्षको ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित