नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २७–खुला पुरुष हाफ म्याराथन प्रतियोगिताको उपाधि नेपाली सेनाका सञ्जय श्रेष्ठले चुमेका छन् । दोश्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सवको अवसरमा दिक्तेलमा बैशाख २७ गते आयोजित दौडमा रणभीम गण मुढे ब्यारेकका श्रेष्ठले उपाधि चुमेका हुन् ।
श्रेष्ठले एक घण्टा ८ मिनेट १४ सेकेण्डमा दूरी पार गरेका हुन् । उनले ७७ हजार सात सय ७७ रूपैयाँ नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् । त्यस्तै नेपाली सेनाकै नरेन्द्र सिंह रावनले एक घण्टा ९ मिनेट २० सेकेण्डमा दूरी छिचोल्दै दोश्रो घोषित भएका छन् । उनले ५५ हजार पाँच सय ५५ रूपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् । नेपाली सेनाकै सुशिल शाहीले एक घण्टा ९ मिनेट ४६ सेकेण्डमा दूरी पार गर्दै तेश्रो भएका छन् । उनले २५ हजार पाँच सय ५५ रूपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।
उक्त प्रतियोगितामा अजितकुमार यादव चौथो, सरोज लिम्बु पाँचौं, रामजी बस्नेत छैटौ र कर्णबहादुर रोका मगर सातौं भएका छन् । उनीहरूले क्रमशः चौथो हुनेले १५ हजार पाँच सय ५५, पाँचौ हुनेले ११ हजार एक सय ११, छैटौ हुनेले सात हजार ७ सय ७७ र आठौं हुनेले पाँच हजार पाँच सय ५५ रूपैयाँ नगद सहित, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।
खुला महिला हाफ म्याराथनको उपाधि नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानेले उछिनेकी छन् । एक घण्टा २७ मिनेट १६ सेकेण्डमा दूरी छिचोल्दै उपाधि चुमेकी हुन् । उनले पनि ७७ हजार सात सय ७७ रूपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेकी छन् । नेपाली सेनाकै निर्मला केसीले एक घण्टा २७ मिनेट ४० सेकेण्डमा पार गर्दै दोश्रो घोषित भइन् । उनले ५५ हजार पाँच सय ५५ रूपैयाँ नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएकी छन् । त्यस्तै नेपाली सेनाकै निशा सार्कीले एक घण्टा २७ मिनेट ४९ सेकेण्डमा दूरी छिचोल्दै तेश्रो घोषित भइन् । उनले २५ हजार पाँच सय ५५ रूपैयाँ नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएकी छन् ।
त्यसै गरी पाँचथरकी पुष्पा शेर्पा चौथो, खोटाङकी दीपा बस्नेत पाँचौं, भोजपुरकी रुस्मा राई छैटौं र रणभीम गणकी अमिसा राई सातौ घोषित भएकी छन् । उनीहरूले क्रमशः १५ हजार पाँच सय ५५, ११ हजार एक सय ११, सात हजार सात सय ७७, पाँच हजार पाँच सय ५५ रूपैयाँका दरले नगद, ट्रफी र प्रमाणपत्र पाएका छन् ।
१५ वर्ष माथिको दश किलोमिटर पुरुष दौडमा काठमाडौंका गजेन्द्र राई प्रथम, सिन्धुपाल्चोकका मिङ्मारसिगि तामाङ दोश्रो र जुम्लाका प्रकाश कठायत तेश्रो भएका छन् । उनीहरूले क्रमशः १५, १० र ७ हजार रूपैयाँका दरले नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।
१५ वर्षमाथिको १० किलोमिटर महिला दौडमा त्रिभुवन आर्मीकी सिर्जना पाण्डे प्रथम, नेपाल प्रहरीकी सुमित्राकुमारी चौधरी दोश्रो र रणभीम गणकी सिर्जना राई तेश्रो घोषित भएकी छन् । उनीहरूले क्रमशः १५, १० र ७ हजार रूपैयाँका दरले नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।
३५ वर्षमाथिको राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, राष्ट्रसेवक कर्मचारी, शिक्षक व्यवसायीहरूको सात किलोमिटर दौडमा काठमाडौंका धर्म महर्जन प्रथम, पुलिस क्लवका भूमिराज राई दोश्रो र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका शिवप्रसाद राई तेश्रो भएका छन् । उनीहरूले क्रमशः १५, १० र ७ हजार रूपैयाँका दरले नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।
१२ देखि १५ वर्षसम्मका ७ किलोमिटर छात्र दौडमा केपिलासगढी गाउँपालिकाका सम्राट राई प्रथम, दिक्तेलका कृष्ण राई दोश्रो र दिक्तेल सोल्माका अनिश कार्की तेश्रो भएका हुन् । उनीहरूले क्रमशः ७ हजार पाँच सय, छ हजार पाँच सय र पाँच हजार पाँच सय रूपैयाँका दरले नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।
त्यस्तै १२ देखि १५ वर्षसम्मका छात्रा दौडमा भोजपुरकी जुही राई प्रथम, उर्लाबारीकी पूजा महत्तरा दोश्रो र भोजपुरकै विनिता राई तेश्रो घोषित भएकी छन् । उनीहरूले क्रमशः ७ हजार पाँच सय, छ हजार पाँच सय र पाँच हजार पाँच सय रूपैयाँका दरले नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।
त्यसैगरी आमाहरूको पाँच किलोमिटर दौडमा रणभीम गणकी सुक्ष्मा तामाङ प्रथम, दिक्तेलकी सरिता राई दोश्रो र दिक्तेल सोल्माकी मुगासरा राई तेश्रो भएकी छन् । उनीहरूले क्रमशः पाँच हजार पाँच सय, ३ हजार पाँच सय र दुई हजार पाँच सय रूपैयाँका दरले नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।
त्यस्तै ६० वर्षमाथिका पुरुष दुई सय मिटर दौडमा इलामका बुद्धवीर लामा प्रथम, ललितपुरका पुष्पलाल श्रेष्ठ दोश्रो र निलबहादुर श्रेष्ठ तेश्रो भएका छन् । उनीहरूले क्रमशः पाँच हजार पाँच सय, तीन हजार पाँच सय, दुई हजार दुई पाँच सय रूपैयाँका दरले नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।
त्यसैगरी दुई किलोमिटर छात्रतर्फ भोजपुरका सफल राई प्रथम, हिलसाइडका निसान केसी दोश्रो र जनजागृतिका लिलाम राई तेश्रो भएका छन् । उनीहरूले क्रमशः चार हजार, तीन हजार र एक हजार पाँच सय रूपैयाँका दरले नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।
दुई किलोमिटर छात्रामा भोजपुरकी करिना राई प्रथम, केपिलासगढीकी सरु राई दोश्रो र लफ्याङकी मन्दीरा श्रेष्ठ तेश्रो भएकी छन् । उनीहरूले क्रमशः चार हजार, तीन हजार र एक हजार पाँच सय रूपैयाँका दरले नगद, ट्रफी र प्रमाणपत्र पाएका छन् ।
दश वर्षमुनिका छात्र तर्फको एक माइल दौडमा जनजागृतिका एन्जल राई प्रथम, दिक्तेल इङ्लिसका विधान जोशी दोश्रो र माउण्ट एभरेष्टका जिवान्स आचार्य तेश्रो भएका छन् । उनीहरूले क्रमशः तीन हजार, दुई हजार र एक हजार रूपैयाँका दरले नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।
दश वर्षमुनिका छात्रा तर्फको एक माइल दौडमा भोजपुरकी निस्मा राई प्रथम, लफ्याङकी श्रद्धा राई दोश्रो र योगिना राई तेश्रो भएकी छन् । उनीहरूले क्रमशः तीन हजार, दुई हजार र एक हजार रूपैयाँका दरले नगद, ट्रफी, पदक र प्रमाणपत्र पाएका छन् ।
कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम भएको हो । उक्त महोत्सवको अवसरमा बैशाख ३० र ३१ गते टेबलटेनिस र बुद्धिचाल तथा जेठ ४ गते खुला राष्ट्रिय साहित्य महोत्सव गरिने नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, असार ६–ऐसेलुखर्क बजारमा ती�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ४–सामाजिक �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २–सामाजिक �... ... ...
सविना अछामे–खोटाङ, असार १–अस्पतालचौक–दुम्ल�... ... ...
सविना अछामे–खोटाङ, जेठ ३१–दिक्तेलमा यो वर्षको ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित