गरिब नागरिकको स्वास्थ्य बीमा सरकारले गर्छ : उपेन्द्र यादव

  • प्रकाशित मितिः चैत्र २७, २०७५
  • 1321 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, चैत २७–उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गरिब नागरिकको स्वास्थ्य बीमा सरकारले गर्ने बताएका छन् । खोटाङको दिक्तेलमा बुधबार आयोजना गरिएको ग्रामीण समुदायमा आधारभूत स्वास्थ्य सेवा सुधारसम्वन्धी दुई दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यादवले खर्चको अभावमा अब कुनै पनि नागरिकले उपचारबाट बञ्चित हुन नदिन गरिब नागरिकको स्वास्थ्य बीमा नेपाल सरकारले नै गरिदिने बताएका हुन् । 
दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने ‘हरेक नागरिकलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ ।’ यादवले भने–‘यसमा गरिब नागरिकको स्वास्थ्य बीमा सरकारले गरिदिने छ ।’ यादवले थपे–‘यसलाई प्रभावकारी बनाउन तीनै तहको सरकार बीच समन्वय हुन जरुरी हुन्छ ।’
यादवले ८० प्रतिशत जनता ग्रामीण क्षेत्रमा बसोबास गर्ने भएकाले डाक्टरहरुलाई गाउ“–गाउ“मा खटाउ“ने गरी स्वास्थ्य नीति तयार पारिएको बताए । ‘८० प्रतिशत जनता ग्रामीण क्षेत्रमा बसोबास गरे पनि स्वास्थ्यकर्मीहरु भने सहर केन्द्रित भएका छन् ।’ यादवले भने–‘त्यही तालमेल मिल्न नसकेकाले यसलाई व्यवस्थित गर्न सरकारले नीति नै बनाएर अघि बढेको छ ।’
मन्त्रीपरिषद्बाट पारित स्वास्थ्य नीतिमा सरकारी सहयोगमा डाक्टर भएकाहरुले नेपालमै बसेर सेवा गर्नुपर्ने व्यवस्था गरिएको यादवले बताए । ‘नेपाल सरकारको सहयोगमा डाक्टर भएकाहरु विदेश पलायन हुने चलन छ ।’ यादवले थपे–‘सरकारको लगानीमा डाक्टर भएकाहरु नेपालको सम्पत्ति हो, उनीहरुले नेपालकै लागि काम गर्नुपर्छ ।’ यादवले भने–‘आगामी दिनमा विदेश जान पाउने छैन ।’
नया“ स्वास्थ्य नीतिमा विदेश गएर उपचार गराउने जो कोहीलाई अब उप्रान्त सरकारले उपचार खर्च उपलब्ध नगराउने व्यवस्था उल्लेख गरिएको बताए । ‘उपचारको नाममा विदेश जाने प्रचलनले राज्यको आर्थिक व्ययभार बढेको छ ।’ यादवले भने–‘अब आफ्नै देशमा भएका स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्दै स्वदेशमै सबै उपचार हुने व्यवस्था गर्न सरकार लागी परेको छ ।’
यादवले बुधबार नै दिक्तेलको माटिकोरेस्थित दुई दिने निःशुल्क स्वास्थ्य शिविरको समेत उद्घाटन पनि गरे ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित