नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २५–कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईको साकेला गाउँपालिका–३ खिदिमामा बैशाख २५ गते आयोजित सर्वदलीय, सर्वपक्षीय नागरिकसंग भेटघाट कार्यक्रम बिथोलिएको छ । साकेला गाउँपालिकामा विकास योजना राख्नु पर्नेमा कटौती गरेको भन्दै गाउँपालिका अध्यक्ष रविप्रकाश राई लगायत स्थानीयले केही बेर कार्यक्रम बिथोलेका हुन् ।
साकेला गाउँपालिकामा राजनीतिक पूर्वाग्राहीले विभिन्न योजनाहरू कटौती गरेको भन्दै गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा करिब तीन घण्टा कार्यक्रम बिथोलिएको हो । विहान ११ बजेर ५० मिनेटमा कार्यक्रमस्थल पुगेका मन्त्री राई र गाउँपालिका अध्यक्ष रविप्रकाश राई बीच वार्तापछि पौने तीनबजे कार्यक्रम सुरु भएको खोटाङका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताएका छन् । मन्त्री राईका सचिवालय टिमका बाजिन्द्र विष्टका अनुसार सुरुमा कार्यक्रम बिथोलिए पनि पछिबाट चाहिँ एउटै मञ्चमा बसेर कार्यक्रम भइरहेको छ ।
मन्त्रीराईलाई कार्यक्रमस्थल प्रवेशमा समेत अबरोध गरेका थिए । तर सुरक्षाकर्मीले पन्छाएर मन्त्री राईलाई कार्यक्रमस्थलमा प्रवेश गराएको थियो । कार्यक्रमस्थलमा सशस्त्र प्रहरी नायव उपरीक्षक दीपेन्द्र थापा सहित सशस्त्र तथा जनपथ प्रहरी तैनाथ छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, असार ६–ऐसेलुखर्क बजारमा ती�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ४–सामाजिक �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २–सामाजिक �... ... ...
सविना अछामे–खोटाङ, असार १–अस्पतालचौक–दुम्ल�... ... ...
सविना अछामे–खोटाङ, जेठ ३१–दिक्तेलमा यो वर्षको ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित