फोक्सिङटारको बेलीबृज जेठ १ गते खोलिने (भिडिओ सहित)

  • प्रकाशित मितिः वैशाख २३, २०८२
  • 511 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २३–सगरमाथा लोकमार्ग अन्तरगत फोक्सिङटारस्थित अस्थायी बेलिबृज आगामी जेठ १ गते खोलिने भएको छ । गत असोज १२ गतेको बाढीले पुल बगाएपछि लगाइएको बेलीबृज खोलिएपछि तराईसंगको सिधा यातायात सम्वन्ध विच्छेद हुने भएको छ ।
गाइघाट–दिक्तेल सडक योजनाका योजना प्रमुख इन्जिनियर पशुपति ज्ञवालीका अनुसार पानीको सतह बढ्दै गएकाले त्यसलाई मध्यनजर गरेर जेठ १ गतेदेखि खोल्ने गरी सम्वन्धित ठेकेदारलाई पत्र दिइएको छ । एक करोड दुई लाख रूपैयाँको लागतमा आर्यन कन्ट्रक्सन मल्टिपर्पोज प्रालि उदयपुर कटारीले बेलीबृज जडान र निकाल्ने ठेक्का लिएको हो । जडानपछि पुस २७ गतेदेखि सञ्चालनमा आएको थियो । उक्त ठाउँमा ५० मिटरको बेलिबृज जडान गरिएको छ । उक्त बेलिबृजले खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटार जोडेको छ ।
बेलीबृज निकालिएपछि खोटाङको तराईसंग सिधा यातायात सम्वन्ध बिच्छेद हुदा उपभोग्य तथा निर्माण सामग्रीको भाउ बढ्ने स्थानीयले बताएका छन् । खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्यले भने म्याद नजाने खालका उपभोग्य वस्तुहरू बेलीबृज निकाल्नअघि नै स्टोर गर्ने भएकाले मुल्य नबढ्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित