सविना अछामे–
खोटाङ, बैशाख २१–आगामी जेठ दोश्रो साता छैटौ केएफए सुचन स्मृति दिक्तेल मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । खोटाङ फुटबल एकेडेमीको आयोजनामा आगामी जेठ ७ गतेदेखि १० गतेसम्म दिक्तेल रङ्गशालामा उक्त फुटबल खेल हुने भएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मुख्य प्रायोजनमा हुने इलेभेन ए साइडको फुटबल खेलमा जिल्लाका सात र एक अतिथि गरी आठ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले दुई लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपविजेता टिमले एक लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने खेल संयोजक रोशिस श्रेष्ठले जनाएका छन् । खेलमा विधागत पुरस्कारको पनि व्यवस्था गरिएको श्रेष्ठले बताएका छन् । उनका अनुसार उत्कृष्ट खेलाडीले सात हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट गोल किपर, उष्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही चार हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उदीयमान खेलाडीलाई दुई हजार र मेनअफदी म्याच वापत एक हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
खेलमा ११ मध्ये तीन जना जिल्ला तथा देश बाहिरका खेलाडी समावेश गर्न पाइने आयोजकले जनाएको छ । छैटौ संस्करणमा खोटाङ फुटबल एकेडेमी, हलेसी तुवाचुङ फुटबल क्लव, सोल्मा स्पोर्टस् क्लव, बाक्सिला फुटबल क्लव, नुनथला स्पोर्टस् क्लव, नेर्पा स्पोर्टस् क्लव, माटिकोरे सामाजिक सेवा क्लव र नेपाल आर्मी रणभीम गण सहभागी हुने आयोजकले जनाएको छ । केएफएले वर्षैपिच्छे फुटबल प्रतियोगिता गर्दै आएको छ । यसअन्तरगत पहिलो सस्करणमा केएफए, दोश्रोमा युवा जागरण, तेश्रोमा योङ बोइज युनाइटेड, चौथोमा नेर्पा स्पोर्टस् क्लव र पाँचौ संस्करणमा केएफएले उपाधि चुमेको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ४–सामाजिक �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २–सामाजिक �... ... ...
सविना अछामे–खोटाङ, असार १–अस्पतालचौक–दुम्ल�... ... ...
सविना अछामे–खोटाङ, जेठ ३१–दिक्तेलमा यो वर्षको ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–केपिलास�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित