नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १८–नेकपा माओवादी केन्द्र खोटेहाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटेहाङ बीच समायोजन भएको छ । रास्वपा खोटेहाङका सभापति प्रदीप आचार्यको नेतृत्वमा बैशाख १८ गते समायोजन भएको हो ।
माओवादी केन्द्र खोटेहाङका अध्यक्ष दीपेन थुलुङका अनुसार खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा एमालेबाट निर्वाचित वडा सदस्य किरण राई लगायत ३० जना माओवादीमा समाहित भएका हुन् । प्रदीप आचार्य पनि एमालेबाटै खोटेहाङ गाउँपालिका–४ वडकादियालेका वडा सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै एमाले खोटेहाङ सचिवालय सदस्य प्रकाश कटुवाल, रास्वपा बडकादियाले सभापति रमेश सुवेदी, एमाले वडा उपाध्यक्ष डम्बरबहादुर कार्की लगायत माओवादीमा समाहित भएको थुलुङले सुनाएका छन् ।
उक्त कार्यक्रममा माओवादी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज इन्चार्ज समिता कार्की, जिल्ला समन्वय समिति संयोजक दिपक पाण्डे, खोटेहाङ गाउँपालिका अध्यक्ष उदीमबहादुर राई, माओवादी केन्द्र खोटेहाङका अध्यक्ष दीपेन थुलुङ, माओवादी केन्द्र दिप्रुङ चुइचुम्मा अध्यक्ष किसान राई लगायतका नेताहरूले नवप्रवेशीलाई स्वागत गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित