सविना अछामे–
खोटाङ, बैशाख १७–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका इन्द्रबहादुर थापाले नागरिकता पाएका छन् । उच्च अदालत बिराटनगरको अस्थायी इजलास ओखलढुङ्गाको फैसला अनुसार बाबुआमा ठेगान नभएका थापाले बैशाख १७ गते नागरिकता पाएका हुन् ।
अदालतले नागरिकता दिने फैसला सुनाए पनि जिल्ला प्रशासन कार्यालय खोटाङले सफ्टवेयरमा प्राविधिक समस्याका कारण देखाउदै दिन आनाकानी गरेका भन्दै पीडित लगायत जिल्लास्थित राजनीतिक दलका नेताहरूले गुनासो गर्दै आएका थिए । प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले अदालतले नागरिकता दिने भनेर फैसला सुनाए पनि सफ्टवेयरमा ठेगाना राख्ने विषयमा प्राविधिक समस्या हुनका साथै यसबारेमा कानुनी प्रावधानको बारेमा थप राय माग्न गृह मन्त्रालयमा पठाइएको पत्रको जवाफमा नागरिकता दिनुभन्ने निर्देशन आएकाले दिइएको बताएका छन् । नागरिकता पाउन सकस खेपेका थापाले छोरालाई नागरिकता दिने ठाउँमा पु¥याउने अठोट व्यक्त गरेका छन् ।
उच्च अदालत बिराटनगरको अस्थायी इजलास ओखलढुङ्गाका न्यायधिसद्वय धीरबहादुर चन्द र बबिता उप्रेतीको २०८१ माघ २३ गतेको संयुक्त इजलासले नागरिकता ऐन २०६३ संशोधन सहित दफा ८, (१) (ग) (३) बमोजिम थापालाई दिने भनी फैसला सुनाएको थियो । २०४६ सालमा जन्मिएका थापाले नागरिकता प्राप्तिका लागि १८ वर्षदेखि धाएका थिए । पछिल्लो पटक २०८१ भदौ १७ गते जिल्ला प्रशासन कार्यालय खोटाङमा नागरिकताका लागि निवेदन पेश गरेका थिए । तर तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले नागरिकता दिन नसकिने भन्दै दरपिठ गरिदिएपछि २०८१ मङ्सिर ७ गते उच्च अदालत बिराटनगरको अस्थायी इजलास ओखलढुङ्गामा मुद्दा दर्ता भएको थियो । बाबुआमा ठेगान नभएपछि नागरिकता नपाएका थापाले पछिल्लो अवधिमा कानुन संशोधन भएपछि पाएको थापाका प्रोबोनो कानुन व्यवसायी अधिवक्ता ओमप्रकाश घिमिरेले बताएका छन् ।
'
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, बैशाख ३१–खुला टेबलटेनिस प्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २९–किरात�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २७–खुला प�... ... ...
सविना अछामे–खोटाङ, बैशाख २६–भूमि समस्या समाधा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख २५–कोशी प�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित