नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २–रेडपाण्डा तथा थार महोत्सव सकिएको छ । मुन्दुम भ्रमण वर्ष २०२५ को अवसर पारेर बैशाख १ गते हुर्लुङमा सुरु महोत्सव बैशाख २ गते सकिएको हो ।
पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले उक्त महोत्सव आयोजना गरेको हो । महोत्सवको अवसरमा रेडपाण्डा तथा थार ट्रेलको उद्घाटन र नक्सा समेत सार्वजनिक गरिएको छ । उक्त टे«लको कलाकार दयाहाङ राईले उद्घाटन गरेका हुन् ।
महोत्सवमा विभिन्न समुदायका संस्कृति झल्किने सांस्कृतिक झाँकी, रैथाने खानपान, भेषभुषा सहित छुट्टा–छुट्टै स्टल राखिएको थियो । महोत्सवमा राई, शेर्पा, तामाङ, गुरुङ, मगर, नेवार, ब्राम्हण, क्षेत्री लगायतको स्टल राखिएको थियो । बैशाख १ गते राति रूपाकोटमा क्याम फायर गरिएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलाकार राई, विश्लेषक तथा संविधानसभा सदस्य हरि रोका, पूर्व सांसद टंक राई, जिल्लास्थित राजनीतिक दलको प्रमुख तथा प्रतिधिहरू, विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरू लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २९–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २८–जेन–जी ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २४–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १९–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १८–दुई करोड ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित