रेडपाण्डा तथा थार ट्रेलको उद्घाटन (भिडिओ सहित)

  • प्रकाशित मितिः वैशाख १, २०८२
  • 362 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, बैशाख १–कलाकार दयाहाङ राईले रेडपाण्डा तथा थार ट्रेलको उद्घाटन गरेका छन् । मुन्दुम भ्रमण वर्ष २०२५ को अवसर पारेर खोटाङको हुर्लङमा बैशाख १ गते सुरु रेडपाण्डा तथा थार महोत्सवमा उक्त ट्रेलको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा रेडपाण्डा तथा थार ट्रेलको गुगल नक्सा समेत लोकार्पण गरिएको छ । उक्त ट्रेल हुर्लुङबाट सुरु गरी रूपाकोट, बगरेभन्ज्याङ, छाँगे, सिर्धन चौतारो, सिकुरी भन्ज्याङ, लहरे माने, बानियाँपाटी, साप्सुढाप, मेरुङडाडाँ तीन थुम्कीबाट मुन्दुम ट्रेलमा जोडिने छ ।
पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले उक्त महोत्सव आयोजना गरेको हो । महोत्सवमा विभिन्न समुदायका संस्कृति झल्किने सांस्कृतिक झाँकी, रैथाने खानपान, भेषभुषा सहित छुट्टा–छुट्टै स्टल राखिएको छ । महोत्सव अन्तरगत बैशाख १ गते राति रूपाकोटमा क्याम फायर तथा जुवारी कार्यक्रम गरिने छ । बैशाख २ गते रूपाकोटबाट मेरुङसम्मको पदयात्रा गरिने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलाकार राई, विश्लेषक हरि रोका, पूर्व सांसद टंक राई लगायतले पर्यावरणलाई जोगाउदै विकासका गतिविधि बढाउनु पर्नेमा जोड दिएका छन् । प्रकृतिलाई जोगाएर मात्र पर्यटन प्रबद्र्धन हुने वक्ताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित