अज्ञात समूहद्वारा पारुहाङ र सुम्निमाको शालिक तोडफोड

  • प्रकाशित मितिः चैत ३०, २०८१
  • 401 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ३०–अज्ञात समूहद्वारा दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीस्थित पर्यटकीय मैस्याङडाडाँमा पारुहाङ र सुम्निमाको शालिक तोडफोड भएको छ । चैत २९ गते राति अज्ञात समूहद्वारा उक्त शालिक तोडफोड भएको हो ।
आर्थिक वर्ष २०७८÷७९ मा निर्माण गरिएको पारुहाङ र सुम्निमाको शालिक तोडफोड भएको वडाअध्यक्ष मिलन राईले बताएका छन् । उक्त ठाउँमा प्रदेश र स्थानीय सरकारको करिब ४५ लाख बजेटमा पर्यटन प्रबद्र्धनको काम भइरहेको वडाअध्यक्ष राईले बताए । शालिक तोडफोड भएपछि प्रहरी प्रशासनलाई जानकारी गराएर दोषीको खोजी भइरहेको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताएका छन् । ‘राती प्रतिमा तोडफोड भएपछि सिडिओ र प्रहरीलाई जानकारी गराइएको छ’ राईले भने–‘प्रहरीले तोडफोडमा संलग्नलाई खोजी गरिरहेको खबर आएको छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित