रामनवमीको अवसरमा हलेसीमा तीर्थालुको भीड

  • प्रकाशित मितिः चैत २३, २०८१
  • 477 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २३–विश्वप्रशिद्ध हलेसीमा रामनवमीको अवसरमा तीर्थालुको भीड लागेको छ । चैत २३ गते मात्र पाँच हजार बढी तीर्थालु हलेसी आएका हुन् ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार नेपाल बाहेक अमेरिका, चीन, भारत, भुटान, मलेसिया लगायतका तीर्थालु हलेसी आएका छन् । हलेसी आएका करिब पाँच हजार तीर्थालु शनिबार जाग्राम बसेको गिरीले बताएका छन् । उनीहरू रातभर जाग्राम बसेर बिहान पूजा आराधना गरी फर्किने गिरीको भनाई छ । गिरीका अनुसार रामनवमीको अवसरमा तीन दिनदेखि हलेसीमा भीड लागेको हो । यातायातको सुविधाका कारण तीर्थालुको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित