कतातिर युवा ?

  • प्रकाशित मितिः चैत्र २५, २०७५
  • 1601 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २५–तरुण दल खोटाङका अध्यक्ष भीषण राई राजनीति बाहेक फेन्सी पसल चलाउ“छन् । यसका साथै जिम खाना पनि उनको अर्को इलम हो । यसको आम्दानीले राजनीति गर्न समस्या परेको बताउ“छन् उनी ।
वाइसीयल खोटाङका अध्यक्ष मिलन राईले चाहि“ महिनामा करिब डेढ लाख कमाउ“छन् । गाडी, कम्प्युटर इन्ष्टिच्युट र स्टेसनरी पसलबाट यत्तिको कमाई गर्छन् । तर खर्च पनि उत्तिनै हुने राईले सुनाए । आम्दानी जति गरे पनि खर्च चाहि उत्ति नै हुने उनको तर्क छ । यसबाट राजनीति गर्न खर्चै धान्न हम्मे परेको राईको भनाई छ । उनका अनुसार मासिक २५–३० हजार जति पकेट खर्च हुने गरेको राईले सुनाए ।
युवा संघ खोटाङका अध्यक्ष दिनेश राईको भने अन्य इलम छैन । उनका लागि भने पुख्र्यौली सम्पत्ति नै राजनीतिका लागि काफी छ । राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १४ का वडा अध्यक्ष पनि हुन् ।
तीनै युवा संगठनमा करिब दश हजार युवा क्रियाशील छन् । यसमध्ये २० प्रतिशत युवा मात्र इलम विनाका छन् । अन्य युवा भने बेरोजगार रहेको युवा संघका केन्द्रिय सचिवालय सदस्य दीलचक्र राईले बताए । उनका अनुसार राजनीति पृष्ठभूमिका युवाहरु चाहि“ बढी निर्माणमा संलग्न छन् । यो राजनीतिमा संलग्नको सन्दर्भमा मात्र हो । अन्य क्षेत्रमा संलग्न सहितलाई आधार मान्ने हो भने आधासरो युवा रोजगारीमा संलग्न छन् ।
खोटाङको कुल जनसंख्या करिब (दुई लाख पा“च हजार)को ४० प्रतिशत (८० हजार) युवामध्ये आधासरो रोजगारमा संलग्न रहेको आ“कलन गरिएको छ । यसमध्ये विभिन्न सरकारी तथा गैरसकारी निकाय, वैदेशिक रोजगार, ठेक्का–पट्टा, कृषि तथा स्वरोजगार लगायतमा संलग्न छन् । यसमध्ये स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि बनेकाहरु पनि पर्दछन् । उनीहरुले पनि भत्ता उपभोग गर्ने गरेकाले अल्प रुपमा रोजगार भन्नु पर्ने स्थानीय बुद्धिजीविहरुको भनाई छ । बा“की आधासरो युवाहरु भने काम विहीन अवस्था छन् । उनीहरु प्राय कुनै न कुनै राजनीतिक दलसंग सम्बद्ध छन् ।
यद्यपि विकासे योजनाहरुमा भने तिनै युवाहरु संलग्न छन् । उपभोक्ता समितिमा कब्जा जमाएर बस्ने तिनै युवाहरु हुन् । निर्वाचनताका नेताहरुलाई जिताएर त्यसवापत उपभोक्ता समितिहरुमा कब्जा जमाएका हुन् । उनीले काम नगरे पनि काम जिम्मा दिनु परेको एक गाउ“पालिका अध्यक्षले बताए । ‘चुनावमा तिनै युवाहरु रात–दिन खटेर जिताए ।’ उनले भने–‘काम जिम्मा नदिए आफैतिर खनिएला कि भन्ने डर छ ।’ उनले भने–‘कम्तिमा थोरै समय भए पनि एङ्गेज त भए ।’
जिल्लाका युवापंतीको जीवनशैली करिब २५–३० हजारको हाराहारिमा रहेको वाइसीयल अध्यक्ष राईको भनाई छ । ‘हरेक युवाहरुले मासिक २५–३० हजार रुपैया“ खर्च गर्छन् ।’ राईले भने–‘त्यसका लागि मुख्य श्रोत भनेको उपभोक्ता समितिमा बसेर फाइदा गर्ने हो ।’ उनले थपे–‘यसले पनि विकासे कामको गुणस्तरमा गिरावट आएको हो ।’
धेरैजसोको मोटरसाइकल भएकाले इन्धन, सर्भिसिङ, चिया, खाजा, रिचार्य लगायतमा यत्तिको खर्च हुने गरेको हो । ब्रान्डेट लत्ता–कपडा, जुत्ता र खानपानले उच्च जीवन शैली देखिन्छ । स्थानीय उत्पादनभन्दा पनि आयातित् रोजाईमा पर्ने भएकाले अर्थतन्त्रमा समेत असर परेको छ ।
नेपाल चेम्बरअफ कमर्श खोटाङका अध्यक्ष खुसनारायण सैंजूका अनुसार धेरैजसो युवा आयातित् र ब्रान्डेट चिज प्रयोग गर्छन् । खानपानमा पनि स्थानीयलाई भन्दा आयातित् नै मन पराउने भएकाले अर्थतन्त्र धरापमा परेको सैंजूको भनाई छ । ‘चामलदेखि तरकारीसम्म आयातित् उपभोग गर्छन् ।’ सैजूले भने–‘स्थानीय उत्पादनमा चासो नहुदा यो अवस्था आएको हो ।’
स्थानीय सरकारले पनि उत्पादनप्रति चासो नदिएकाले यस्तो अवस्था आएको हो । ठूलो संख्यामा युवा बेरोजगार रहनु र उनीहरुलाई उत्पादनशील तथा आत्मनिर्भर नबनाइएसम्म अर्थतन्त्रको अवस्था नसुध्रिने सैंजूले बताए । यसबाहेक जिल्लामा सञ्चालित बैंकहरुले समेत युवालक्षित कार्यक्रममा लगानी नगरेको सैजूको तर्क छ । कृषि, उद्योग, रोजगारमुखी व्यवसाय लगायतमा लगानी गर्न जनप्रतिनिधिहरुले योजना बनाउनु पर्ने सैजूको भनाई छ । उनका अनुसार दैनिक दुई–अढाई करोड रेमिट्यान्स् जिल्ला भित्रिए पनि उत्पादनशील काममा खर्च नहुने भएकाले त्यसका लागि पनि स्थानीय सरकारले ध्यान दिनु पर्ने सैजूले सुनाए ।
प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले भने उत्पादनमुलक काममा लगानी, ठूलो उद्योग स्थापना, होटल, कृषि, पूर्वाधार लगायतमा युवा परिचालन गरेर रोजगार दिलाउनु पर्ने धारणा राखे । स्थानीय, प्रदेश र संघीय सरकारले यसबारे योजना नबनाए युवापुस्ताको भविष्य डामाडोल हुने बताए । ‘मुलुकले गति लिनका लागि उत्पादनमुलक काममा लगानी, ठूलो उद्योग स्थापना, होटल, कृषि, पूर्वाधार लगायतमा युवा परिचालनको कार्यक्रम आउनु पर्छ ।’ भट्टराईले भने–‘नत्र युवापुस्ताको भविष्य डामाडोल हुन्छ ।’ भट्टराईले थपे–‘वर्तमान सरकारले यसैसंग सम्वन्धित रहेर नीति तथा कार्यक्रमको तयारी गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित