नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २४–अन्तर वडास्तरीय सोल्मा पुरुष फुटबल पाँचौ संस्करणको प्रतियोगिताको सुरु भएको छ । सोल्मा स्पोर्टस् क्लवको खेल मैदानमा कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले फागुन २४ गते उद्घाटन गरेका हुन् ।
उद्घाटन खेलमा सोल्मा स्पोर्टस् क्लवले बुइपा इलेभेनलाई दुई शुन्यले पराजित गरेको छ । सेकेण्ड हाफको ६ मिनेटमा जर्सी नम्बर १० का खेलाडी दिवस राईले र १८ औ मिनेटमा जर्सी नम्बर १३ का सामेल राईले एक–एक गोल गरी बुइपालाई पराजित गरेको हो ।
देखि २९ गतेसम्म हुने खेलको दोश्रो दिन फागुन २५ गतेको पहिलो खेल नुनथला र बाक्सिला, दोश्रो खेल हलेसी र पाथेका, तेश्रो तेल लफ्याङ र मात्तिम बीच हुने आयोजकले जनाएको छ । इन्द्रेणीपोखरी, दोर्पा, जालपा र दिक्तेल केएफएले बाइपाएर सिधै दोश्रो चरणमा प्रवेश गरको छ ।
खेलको विजेता टिमले एक लाख ३३ हजार तीन सय ३३ रूपैयाँ तथा उपविजेता टिमले ७१ हजार एक सय ११ रूपैयाँ नगदको साथमा मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् । सेमी फाइनलिष्ट दुई टिमले ३५ हजार ५ सय ५५ रूपैयाँ नगद ट्रफी र प्रमाणपत्र पाउने छन् । यसबाहेक विधागत पुरस्कार अन्तरगत बेस्ट प्लेयरले पाँच हजार पाँच सय ५५, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर बेस्ट मिडफिलडर, हाइस्कोरर बेस्ट कोच, राइजिङ प्लेयरलाई जनही ३ हजार ३ सय ३३ रूपैयाँका दरले दिने राईले बताएका छन् । त्यस्तै खेल क्षेत्रमा उत्कृष्ट कलम चलाउने एक जना पत्रकारलाई पाँच हजार पाँच सय ५५ रूपैयाँ सहित खेल पत्रकारिता पुरस्कार दिइने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, बैशाख १७–खोटेहाङ गाउँपालि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–अदालत�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १०–दिक्त�... ... ...
सविना अछामे–खोटाङ, बैशाख ९–हलेसी तुवाचुङ नगरप�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख ४–बाराहा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित