नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १९–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा दुना–टपरी उत्पादन सुरु गरिएको छ । बाम्राङ सङखुका ज्ञानबहादुर राईले मेसिन मार्फत दुना–टपरी बनाउन सुरु गरेका हुन् ।
बिहे–कार्जे भोज–भतेरमा दुना टपरीमा खाने परम्परा लोप हुनै लागेकाले दुना–टपरी बनाउन सुरु गरेको राईले बताएका छन् । दुना टपरी उद्योगमा निम्न आर्थिक अवस्थाकाहरूलाई रोजगारीको मेसो बनेको समेत राईले जनाएका छन् । दुना–टपरी सालको पातबाट बनाइन्छ । सालको पातलाई प्रतिमुठा ३५ देखि ६० रूपैयाँसम्ममा खरिद गरिदिने गरेको र दुना–टपरी गाँस्नेलाई प्रतिगोट एक रूपैयाँका दरले दिने गरेको राईको भनाई छ ।
प्लाष्टिकजन्य वस्तुले शहरबजार मात्र नभएर गाउँघरसम्म फोहोर बनाउनुका साथै वातावरणमा समेत प्रतिकुल असर गरिरहेकाले त्यसलाई विस्थापित गर्न दुना–टपरी उपयोगी हुने भएकाले उद्योग सञ्चालन गरेको राईले बताएका छन् । उनले उत्पादन गरेको दुनाको मुल्य प्रतिगोटा पाँच रूपैयाँ र टपरीको मुल्य प्रतिगोटा ८ रूपैयाँका दरले निर्धारण गरेको राईको भनाई छ । उक्त उद्योग दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई, सासुआमा शान्ता राई र ससुरा महाप्रसाद राईले फागुन १९ गते संयुक्त रूपमा उद्घाटन गरेको राईले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित