दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु (भिडिओ सहित)

  • प्रकाशित मितिः फागुन १५, २०८१
  • 552 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन १५–दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले यलम्बर बाजा बजाएर फागुन १५ गते उद्घाटन गरेका हुन् ।
सम्मेलनमा मन्त्री ठकुरीले बाँसको महत्वको बारेमा उल्लेख गर्दै बाँसजन्य वस्तुको प्रबद्र्धन गर्न आगामी बजेटमा बाँस तथा बेद व्यवसायका लागि आवश्यक बजेट विनियोजन गर्ने बताएका छन् । यसबाहेक वन मन्त्रालयमा बाँसबाट निर्मित फर्निचर प्रयोग गर्ने समेत जनाएका छन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना तथा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन–वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रीन बेम्बो ललितपुरको आयोजनामा सुरु उक्त सम्मेलनमा बाँससंग सम्वन्धित विभिन्न जिल्लाबाट आएका उद्यमीहरूले २४ वटा स्टलहरू राखेका छन् । खोटाङका उद्यमीले जिल्लामा उत्पादित विभिन्न किसिमका उत्पादन लगायत खानपानका परिकार समेत राखेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताएका छन् ।
तीन दिनसम्म हुने सम्मेलनमा बाँससंग सम्वन्धित विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरी घोषणा पत्र समेत पारित गरिने नगरप्रमुख तीर्थराज भट्टराईले बताएका छन् । यसअन्तरगत फागुन १५ गतेदेखि नै बाँससंग सम्वन्धित विषयमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया सुरु भएको कृषि शाखा प्रमुख जैसीको भनाई छ ।
नगरप्रमुख भट्टराईका अनुसार सम्मेलनले बाँससम्वन्धी विभिन्न सम्भावना, अवसर र चुनौतिहरूको खोजी गर्न, बाँस खेतीलाई सुधार गर्न, खाली जग्गामा बाँस खेती गरी किसानको आयआर्जन बढाउन, भू–क्षय नियन्त्रण, कार्वन उत्सर्जनको असरलाई न्युनीकरण गरी वातावरण संरक्षण, जलवायु परिवर्तन नियन्त्रण र पर्यावरणीय संरक्षण गर्न, बाँसको अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न, बाँस प्रबद्र्धन गर्न सरकारको ध्यानाकर्षण गराउन लगायतका उद्देय राखेर बाँस सम्मेलन आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित