फराकिलो हुदै पत्रकारिता

  • प्रकाशित मितिः फागुन ९, २०८१
  • 473 पटक पढिएको
  • संवादताता

खोटाङ, फागुन ९–पत्रकारितालाई समाजको ऐना मानिन्छ । पत्रिका, अनलाइन, टेलिभिजन लगायत अन्य सामाजिक सञ्जाल लगायत विभिन्न प्लेटफमका मिडिया मार्फत सूचना÷समाचार ग्रहण गरिरहेका छौं । र यसैको आधारमा धारणाहरु पनि निर्माण गरिरहेका छौं ।
पत्रकारिता लोकतन्त्रको सम्वाहक पनि भनिन्छ । जहाँ लोकतन्त्र बलियो छ, त्यहाँ मिडिया पनि मजबुद हुन्छ । जनताको विभिन्न प्लेटफमका मिडियाहरुमार्फत भुइँमान्छेहरूको आवाज नीति निर्माण तह र नीति निर्माण तहकाहरूको धारणा जनतासम्म आइरहेका हुन्छन् । ती भुइँमान्छेका अवस्था, समस्या, धारणाहरू नीति निर्माणतहसम्म पु¥याउने काम मिडियाले गरिरहेको हुन्छ । यसले भुँइमान्छेलाई शक्ति प्रदान गरिरहेको हुन्छ । किन भने मिडियाले आवाज विहीनहरुको आवाज बुलन्द गर्छ ।
यसो भनिरहदा पत्रकारिता र प्लेटफमको विषय उठ्छ । यसलाई बुदागत रुपमा प्रस्तुत गर्दा सहज हुन्छ ः
१) छापामाध्यम ः १९०८ मा छापाखाना (लेटर प्रेस हातले चलाउने) स्थापना भए पनि १९५८ मा सामाचारमुलक गोरखापत्रले जन्म लिएपछि पत्रकारिताको सुरुवात भयो । त्यसपछि विभिन्न कालखण्डलाई पार गर्दै अफसेट प्रेस हुदै अहिले डिजिटल प्रविधिका प्रेस मार्फत पत्रकारिता भइरहेको छ ।
२) विद्युतीय माध्यम (रेडियो, टेलिभिजन, इमेल–इन्टरनेट) ः २००३ सालमा भोजपुरबाट रेडियो, त्यसैलाई २००७ सालमा विराटनगरबाट प्रसारण, २०४१ सालमा टेलिभिजन, प्रजातन्त्र स्थापनापछि इमेल–इन्टरनेटको माध्यमबाट सूचना आदान प्रदान सुरु भयो ।
३) डिजिटल युग ः पछिल्लो समय डिजिटल प्रविधिको जमाना आयो । यसको विकाससंगै सूचना प्रवाहले पति द्रुतदरमा गतिलियो । यसले मिडियाको शक्ति बढोत्तरी गरायो । कभरेज क्षेत्र बढायो । यो प्रविधिले परम्परागत मिडियालाई पनि सहज र प्रभावकारी बनायो ।
डिजिटल पत्रकारिता पत्रकारिताको समसामयिक स्वरुप हो । जसमा पत्रकारिताका स्थापित एबम् नयाँ आवश्यक शिल्प, तरिका, मुल्यमान्यता र सिद्धान्त इन्टरनेट मार्फत डिजिटल स्वरुपमा वितरण हुने समाचार सामग्री उत्पादन गरिन्छ ।
डिजिटल पत्रकारिताका समाचारको प्रस्तुतीकरण फरक स्वरुप एबम विभिन्न माध्यममा आधारित र अक्षर, आजाव, तस्बिर, भिडिओका साथै अन्तरक्रियात्मक समेत हुन सक्ने भएकाले समाचार सङकलन, छनौट, सम्पादन र उत्पादन पनि त्यसै अनुसार गरिन्छ । डिजिटल पत्रकारिता इन्टरनेटमा आधारित आम सञ्चार माध्यममा वितरण गर्नका लागि समाचार सामग्री उत्पादन गर्न गरिने पत्रकारिता हो । प्रविविको विकासले इन्टरनेटमा आधारित आमसञ्चार माध्यमहरु परिष्कृत हुदै गएका छन् । परम्परागत भनिएका मिडियाहरुमा डिजिटल प्रविधिहरु उपयोग गर्न थालिएको छ । जस्तो ः एआई प्रविधिको उपयोग गर्न थालिएको छ । यसले विश्वव्यापी पहुँच बढाएको छ ।
तर यसमा चुनौति पनि उत्तिकै छन् । अडियन्स्मा मात्र होइन प्रयोगकर्तालाई समेत धान्न ग्राह«ो छ । दिनदिनै प्रविधिमा आउने परिवर्तनलाई पछ्याउन मुस्किल छ । तर नपछ्याई पनि भएको छैन । यसबाहेक पूर्वाधार (भौतिक, प्राविधिक), मानव संशाधन, शीप, डिजिटल साक्षरता, आर्थिक, मिडिया, पाठक, सामग्री उत्पादन, भाषा, मिथ्या सूचना, साइबर सुरक्षा लगायतका चुनौतिहरु पनि थपिदैछन् । यसका साथसाथै विभिन्न प्लेटफर्मका मिडियाबाट पत्रकारिताको मुल्य मान्यता विपरितका गतिविधिहरुले पनि उत्तिकै चुनौति दिइरहेका छन् ।
४) न्यु मिडिया ः न्यु मिडियाको माध्यमबाट सूचना नपुग्ने सायद कहिँ छैन होला । विभिन्न सञ्चार माध्यममा प्रकाशित प्रसारित सामग्रीहरु सजिलै पाउँने अवस्थामा छ । न्युमिडियाको प्रभाव बढ्दै जानु सूचनाको हिसावले राम्रो विषय भए पनि यसको अनुचीत प्रयोगले भने समाजमा चुनौती थपिएको छ । यसमा प्रकाशित प्रसारित समाचारहरू ‘फेक न्युज’ हुने गरेको देखिएको छ । यसले समाज र राष्ट्रलाई नै असर गरेको छ ।
यसबाहेक पत्रकारिताको शैक्षिक पृष्ठभूमि बिनै जो कोहिले समाचारीय विषयवस्तु बनाउन सक्ने अवस्था भएको र यसले सम्पादकीय पक्ष, पत्रकारिताको मूल्यमान्यता, उद्देश्य र तथ्यसमेत तोडमोड हुने गरेको गुनासाहरू आइरहेकै छन् । प्रजातन्त्रलाई उचाइमा पु¥याउन सत्यतथ्य सूचना जनतामाझ पु¥याउन आवश्यक भए पनि पछिल्लो समय के सत्य हो र के गलत हो भन्ने छुट्याउन पाठकलाई कठिन भइरहेको छ । यसले पत्रकारिताप्रतिको विश्वासमा चुनौती देखिएको छ ।
अवसर ः चुनौतिका साथ साथै अवसरहरु पनि छन् । आजको युग डिजिटल युग भएकाले यसबाट धेरै अवसरहरू प्राप्त गर्न सकिने देखिन्छ । स्थानीय मिडिया र स्थानीय पत्रकारिता, मिडिया शक्तिको विकेन्द्रीकरण, डिजिटल र सूचना साक्षरता बृद्धि, पत्रकारिताको भूमिका पूरा गर्ने, आर्थिक समृद्धि, सामाजिक परिवर्तन, सांस्कृतिक सम्पदा संरक्षण, सरकारको पारदर्शीता र उत्तरदायित्व, शिक्षा, स्वास्थ्य, कृषिको विकास लगायतको अवसरहरु छन् । न्यु मिडियाको सरल पहुँचले सूचना प्रवाहले नागरिकमा सुसूचीत हुने अवसर मिलेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित