कोशी प्रदेश फुटबल प्रतियोगिताको उपाधि गाइघाटलाई, बुइपा ११ तेश्रो

  • प्रकाशित मितिः फागुन ८, २०८१
  • 612 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन ८–प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि गाइघाटले चुमेको छ । माघ २८ देखि फागुन ८ गतेसम्म धरान रङ्गशालामा कोशी प्रदेश फुटबल संघले आयोजना गरेको लिक खेलमा धनकुटालाई पछि पार्दै गाइघाटले उपाधि चुमेको हो ।
उपाधिसंगै गाइघाटले दुई लाख नगद ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता धनकुटाले एक लाख ५० हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । तेश्रो हुने बुइपा इलेभेन क्लवले एक लाख २५ हजार नगद र ट्रफी तथा चौथो हुने पाँचथरले एक लाख नगद सहित ट्रफी जितेको छ ।
बुइपाका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै ४ ओटा म्यान अफ द म्याच पाएका छन् । उनीहरूले नगद पाँच हजारका दरले पाएका हुन् । बुइपाकै खेलाडी रामसुर राईले प्रतियोगिता कै उत्कृष्ट डिफेन्डर घोषित हुदै नगद १५ हजार पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित