जीप दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

  • प्रकाशित मितिः चैत्र २४, २०७५
  • 1161 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, चैत २४–सुमो जीप दुर्घटनामा रावाबेसी गाउ“पालिका–३ चिउरीबासका ५० वर्षीय निरकुमार राईको मृत्यु भएको छ । आज दिउसो साडे चार बजे ना १ ज ७४४७ नम्बरको सुमो जीप दुर्घटना हुदा उनको मृत्यु भएको हो ।
जीपका चालक ४५ वर्षीय गोपाल राई र ४६ वर्षीय प्रकाश राई घाइते भएका छन् । घाइते दुबै पनि रावाबेसी गाउ“पालिका–३ चिउरीबास निवासी हुन् । शनिबार घर छाउने क्रममा लडेर घाइते भएका निरकुमार राईलाई उपचारका लागि लामिडाडा“स्थित स्वास्थ्य चौकी लैजाने क्रममा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।
केसीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि दिक्तेल अस्पताल ल्याउने तयारी भइरहेको छ । घाइते दुबै जनाको लामिडाडा“ स्वास्थ्य चौकीमा उपचार भइरहेको डिएस्पी केसीले बताए । घाइतेको अवस्था मध्यम्खालको भएको केसीले जनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित