खोटाङ, फावुन ८–
दिनहुँ भइरहेका घटनाहरूको पहिचान गरी त्यसलाई शब्द, आवाज, तस्बिर, दृष्य जनसमक्ष (पाठक, श्रोता, दर्शक) समक्ष पु¥याउँने काम गर्ने व्यक्तिलाई पत्रकार भनिन्छ । अथवा समाचार सङ्कलन, लेखन, सम्पादनजस्ता कामसंग सम्वन्धित व्यक्तिलाई पत्रकार भनिन्छ । अथवा आमसञ्चारको माध्यमबाट समाचारमुलक सामग्री तयार गर्ने, उत्पादन गर्ने, प्रशोधन गर्ने, प्रकाशन, प्रसारण गर्ने व्यक्ति पत्रकार हो । यसमा संवाददाता, उपसम्पादक, पाण्डुलिपि सम्पादक÷समाचार सम्पादक, लेख रचना सम्पादक, सम्पादकीय लेखक, सम्पादक, प्रधानसम्पादक, फोटो पत्रकार, व्यङ्ग्य चित्रकार लगायतका समाचार सङ्कलन, प्रशोधन, प्रकाशन, प्रसारणसंग सम्वन्धित व्यक्ति पर्दछन् । यसमा आवद्ध पत्रकार समाज र राष्ट्रप्रति जिम्मेवार तथा जवाफदेहि हुन्छन् । सञ्चार आचारसंहिता, कानुन, मुल्यमान्यतालाई पालना गरी आफ्नो भूमिका निर्वाह गरेका हुन्छन् ।
नेपोलियन बोनापार्ट–‘पत्रकार आरोपी, समालोचक, सल्लाहकार, वादशाहका प्रतिनिधि र राष्ट्रका सेवक हुन् । चार विरोधी पत्रिका चार हजार सेनाभन्दा पनि डरलाग्दा हुन्छन् ।’
थोमस अल्वा एडिसन–‘फैलिएर रहेका र निचोर्दा रस आउँने पत्रकारिताबाहेक अरु कुनै पेसा छैन । यो कति सुन्दर छ भने दैनिक हजारौंकहाँ पुग्छन्, तिनीहरुलाई ज्ञान, सूचना, शिक्षा र मनोरन्जन प्रदान गर्दछ । मलाई आफू परकार नभएकामा खेद छ ।’
जेरेमी प्याक्सम्यान (बिबिसीका पत्रकार)–‘पत्रकारहरु अप्ठेरो समूहका सदस्य हुन् । उनीहरु मायाँ गरिन वा प्रशिद्ध हुन कहिँ गएका होइनन्, तर कसैले उत्तर दिन नचाहेका विषयमा प्रश्न सोध्न गएका हुन् ।’
सैद्धान्तिक परिभाषाअनुसार पत्रकारिताको व्यावसायिक मूल्य–मान्यता जानेका, बुझेका, यसको ख्याल गरेर समाचार सङ्कलन, लेखन, सम्पादन र सम्प्रेषण (वितरण र प्रसारण) जस्ता चारवटै काममा सक्रिय व्यक्तिलाई ‘पत्रकार’ भनिन्छ । पत्रकारिताका माध्यमबाट समाचार वा सूचना प्रवाह गराउने व्यक्ति नै ‘पत्रकार’ हो । अङ्ग्रेजीमा पत्रकारलाई ‘जर्नलिस्ट’ भनिन्छ । यो शब्द पुरानो ‘फ्रेन्च जोर्नल’, ‘डे’ अथवा ‘डेज वर्क’ बाट आएको हो । पछि जर्नल, डेली पब्लिकेसन बन्यो । यसरी जर्नल वा डेली पब्लिकेसनमा दैनिक कार्य गर्ने व्यक्तिलाई जर्नलिस्ट (पत्रकार) भन्न थालियो । तर यत्तिले मात्र पत्रकारको परिभाषालाई समेट्न सकिँदैन । अहिले परम्परागतदेखि नयाँ माध्यम (अनलाइन माध्यम) सम्ममा सूचना सङ्कलन तथा समाचार तथा समाचार–सामग्री लेख्ने, खिच्ने, सम्पादन र सम्प्रेषण गर्ने व्यक्तिलाई पत्रकार भनिन्छ ।
‘जर्नलिष्ट’ लाई ‘जर्नलिज्म’ शब्दसंग तुलना गरेर हेर्न सकिन्छ । किनकि ‘जर्नलिज्म’ पनि ‘जर्नल’ बाट आएको हो । यो लेट ल्याटिन भाषाको ‘डिर्युनलिस–मष्गचलबष्कित’बाट विकसित भएको हो । यसको अर्थ ‘एक दिन’ भन्ने हुन्छ । समयक्रमसँगै ‘जर्नल’ को व्याख्या फराकिलो हुँदै आएको पाइन्छ । युरोपको मध्ययुगमा यसलाई ‘पुस्तक’ र १७ औँ शताब्दीमा ‘व्यक्तिगत डायरी’ भनिन्थ्यो । छापाखानाको आविष्कारसँगै लिखित रूपमा सञ्चार सुरु भएपछि यसलाई ‘दैनिक पत्रिका’ भनेर बुझ्न थालियो । समयक्रमसँगै अहिले पत्रिका मात्रै नभइ रेडियो, टेलिभिजन र अनलाइनमाध्यमबाट गरिने सञ्चार कर्मलाई पत्रकार र यसका लागि काम गर्ने व्यक्तिलाई ‘पत्रकार’ नै भनेर बुझिन्छ ।
अक्सफोर्ड एड्भान्स लर्नर डिक्सनरीले पनि अखबार, पत्रिका, रेडियो, टेलिभिजनका लागि समाचार सङ्कलन, लेखन, सम्पादन र प्रकाशन कार्यमा खटिने व्यक्तिलाई पत्रकार भनेको छ । सोही डिक्सनरीका अनुसार पनि ‘अखबार, पत्रिका, रेडियो, टेलिभिजनका लागि सूचना सङ्कल, लेखन, सम्पादन र प्रकाशनसम्बन्धी कार्य गर्ने व्यक्ति जर्नलिष्ट हो । पत्रकारिताको सैद्धान्तिक परिभाषासँग अक्सफोर्ड एड्भान्स लर्नर डिक्सनरीको परिभाषा मिलेको छ । तर अब यी दुवै परिभाषा ‘अनलाइन माध्यमका लागि पनि’ भनेर थपियो भने आजसम्मका समाचार माध्यमको प्रकृति समेटिन्छ ।
नेपाल पत्रकार महासंघको विधान–२०६०(पाँचौँ संशोधन २०७५) मा ‘छापा, प्रसारण तथा अनलाइनजस्ता कुनै पनि प्रकृतिका आमसञ्चारका माध्यमसँग आवद्ध यस विधानबमोजिम तोकिएको योग्यता पुगेको समाचार सङ्कलन, उत्पादन, सम्पादन, सम्प्रेषण, समाचार लेखन÷पुनर्लेखन गर्ने कार्यका साथै नियमित स्तम्भ लेखक, कार्टुनिष्ट, फोटो पत्रकार, प्रेस क्यामरापर्सन, समाचार तथा समाचारमूलक कार्यक्रम निर्माता तथा सञ्चालक, समीक्षक, साजसज्जा, स्केच, भाषा तथा श्रव्य दृश्य सम्पादक एवं स्वतन्त्र पत्रकार’ सम्मलाई पत्रकार भनिएको छ ।
पत्रकार आचारसंहिता–२०७३(पहिलो संशोधन, २०७६) मा केही बढी व्याख्या गर्दै पत्रकारको परिभाषा दिइएको छ । त्यसमा भनिएको छ–‘सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय तथा प्रशासकीय अधिकार प्राप्त गरको व्यक्तिबाहेक सञ्चारसम्बन्धी व्यावसाय वा सेवालाई प्रमुख व्यावसाय अपनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण वा आंशिक समय काम गर्ने व्यक्ति सम्झनुपर्छ र सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री सङ्कलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधानसम्पादक, सम्पादक, संवाददाता, स्ट्रिञ्जर, समाचार वाचक, कार्यक्रम निर्देशक, अनुवादक, साजसज्जा, प्राविधिक, स्तम्भ लेखक, फोटो पत्रकार, प्रेस क्यामेरापर्सन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता वा सञ्चालक, दृश्य वा भाषा सम्पादक जस्ता समाचार तथा समाचारमूलक कार्यक्रमसँग सम्बन्धित व्यक्ति समेतलाई सम्झनुपर्दछ ।’
तर पत्रकारिताको गहन सैद्धान्तिक परिभाषाभित्र छिरेर अर्थ केलाउँदा महासंघकै विधान र प्रेस काउन्सिल नेपालको आचारसंहिताको परिभाषाले बनाएका सबै व्यक्ति पत्रकार हुन सक्दैनन् । साँच्चैको शुद्धीकरण गर्ने हो भने यस्ता व्यक्तिहरूलाई पत्रकारको परिभाषाबाट हटाउनुपर्छ । जस्तोः– भाषा सम्पादन मात्र गर्ने कसरी पत्रकार ? फोटो मात्रै खिच्ने कसरी पत्रकार ? कोठा बसेर समीक्षा मात्रै गर्ने, स्तम्भ मात्रै लेख्ने कसरी पत्रकार ? अरुले ल्याएको समाचार काँटछाँट मात्रै गर्ने कसरी पत्रकार ? कार्टुनचित्र मात्रै बनाउने कसरी पत्रकार ? प्राविधिक कार्यमात्रै गर्ने कसरी पत्रकार ? अनुवादक, साजसज्जा मात्रै गर्ने व्यक्ति कसरी पत्रकार ? अरुले नै तयार पारिदिएको समाचार वाचन मात्रै गर्ने व्यक्ति कसरी पत्रकार ? यो त सञ्चारमाध्यममा काम गर्नेहरूको कुरा भयो तर कामै नगरी पत्रकारको आवरण र परिचयमा पाएसम्म राज्यका सबै सेवा–सुविधा, पद लिने, लिन चाहने र भ्याएसम्म महासंघ लगायत समाजका विभिन्न संस्थामा बसेर फरक–फरक पगरी गुथेर पत्रकार हुँ भन्ने धाक लगाइरहेकाहरूलाई के भन्ने ? पत्रकार शुद्धीकरणको चिन्ता नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलले लिनु पर्ने हो । तर आज पनि पार्टीका वरिपरि घुम्ने गैरपत्रकारहरूलाई सदस्यता दिने क्रम रोकिएको छैन । पत्रकारिताको धर्म, मुल्य मान्यता, नैतिकतालाई धज्जी उडाउने गैरक्रियाकलापमा संलग्न हुनेलाई प्रेस काउन्सिलले कारबाही गर्न सकेको छैन । समाज र राष्ट्रलाई सही बाटोमा हिडाउने सञ्चार जगतमै यस्तो क्रियाकलाप हुनुले के आशा गर्न सकिएला ? यो गम्भीर विषय बनेको छ । यसको शुद्धिकरणका लागि धेरै टाउको दुखाउनु पर्ने कारणै छैन । जम्मा जम्मी महासंघको विधान र प्रेस काउन्सिलको आचारसंहितालाई कार्यान्वयन गरे पुग्छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित