सविना अछामे–
खोटाङ, फागुन ६–महुरेगढी बहुप्राविधिक शिक्षालयले नयाँ भर्ना अधियान सुरु गरेको छ । भर्ना लगायत समसामयिक विषयमा फागुन ६ गते एक दिने गोष्ठी तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरी नयाँ अभियान सुरु भएको जानकारी गराएको हो ।
जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा आयोजित कार्यक्रममा नगरप्रमुख तीर्थराज भट्टराईले प्राविधिक विषय जीवनोपयोगी भएको धारणा राखेका छन् । प्राविधिक विषयमा ज्ञान, शीप आर्जन गरे स्वदेशमै रोजगार पाइने नेर्पास्थित कालिका माविका प्रधानाध्यापक कृष्ण गुरुङले बताएका छन् । त्यस्तै दिक्तेलस्थित पञ्च माविका प्रधानान्यापक लक्ष्मी खनालले अहिले नलेज होइन स्कील चाहिएकाले प्राविधिक विषय उपयोगी भएको बताएका छन् । तर यसबारेमा सबैमा ज्ञान नभएकाले प्राविधिक विषय अध्यापन हुने शैक्षिक संस्थाहरूमा विद्यार्थी नभएको उनको भनाई छ ।
कार्यक्रममा विभिन्न वक्ताहरूले प्राविधिक विषय उपयोगी भएको चर्चा गरेका छन् । महुरेगढी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन फरेष्टी, डिप्लोमा इन सिभिल इन्जिनियर कार्यक्रम सञ्चालन भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–भारतको म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–साकेला ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २३–भारतको म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित