बल्ल सकियो साप्सु पुल

  • प्रकाशित मितिः चैत्र २४, २०७५
  • 1458 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, चैत २४–चार वर्षअघि सम्पन्न गर्नु पर्ने पुल बल्ल सञ्चालनमा आएको छ । निर्माण कम्पनीहरुको बेवास्ताले थलिएको सगरमाथा लोकमार्ग अन्तरगत साप्सुखोला(तल्लो) सडक पुल चैत २३ गतेदेखि सञ्चालनमा आएको हो ।
नेपाल सरकारको करिब सात करोड रुपैया“को लागतमा सन २०१५ मा सम्पन्न गर्नु पर्ने संझौता भएको थियो । देवसायर र कान्छाराम जेभी निर्माण कम्पनीले सन २०१३ मा उक्त पुलको संझौता गरेको थियो । यो पुलको प्राविधिक सहयोग स्वीस सरकारले गरेको हो ।
काम नसकिएपछि यसको अवधि पटक–पटक थपिएको थियो । सम्वन्धित निर्माण कम्पनीले स्थानीय कर्ण खत्रीलाई पेटी ठेक्कामा दिएपछि पुलको काम ढिलो भएको स्थानीयको गुनासो छ । खत्रीले भने गत वर्षको बाढीले निर्माणाधीन अवस्थाको पुल बगाएपछि समय लागेको बताए । ‘गत वर्षको बाढीले बगाएकाले काम ढिलो भएको हो ।’ खत्रीले भने–‘बाढीका कारण करिब १४ लाख भन्दा बढी हर्जना बुझाउ“नु प¥यो ।’
सगरमाथा लोकमार्गकै फोक्सिङटारस्थित सुनकोसी पुलको काम भने अझै सकिएको छैन । गौरी पार्वती कन्ट्रक्सनले २०७१ चैतमा चार वर्षभित्र सक्ने गरी संझौता गरेको थियो । करिब १८ करोडको लागतमा सकिनु पर्ने उक्त पुलका फाउन्डेसनको काम पनि सकिएको छैन । उक्त निर्माण कम्पनीका अध्यक्ष रामकुमार थापाले भने डिजाइन स्वीकृत गर्नै ढिलाई भएकाले काममा पनि ढिलो भएको बताए । थापाले अर्को चैत–बैशाखभित्र काम सक्ने बताए । ‘डिजाइन स्वीकृतिमै समय लाग्यो ।’ थापाले भने–‘त्यसमाथि पनि गहिरो नदी, चट्टान फेला पर्नुका साथै भनेको बेला प्राविधिक उपलब्ध नहुदा समस्या भएको हो ।’ थापाले थपे–‘तै पनि आउने चैत–बैशाखसम्ममा काम सकिन्छ ।’
त्यस्तै उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटस्थित सडक पुलको काम पनि अपूरै छ । उक्त पुलको अवधि आगामी असारमा सकिने भए पनि करिब १५ प्रतिशत मात्र काम भएको छ । करिब २२ करोडको लागतमा सम्पन्न गर्ने गरी स्वच्छन्द निर्माण सेवा कम्पनीले संझौता गरेको थियो । उक्त सडक पुल अब अझै डेढ वर्ष लाग्ने निर्माण कम्पनी सम्वद्ध जयराम लामिछानेले बताए । 
साकेला गाउ“पालिका र दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको बीचमा पर्ने तावाखोलास्थित सडक पुलको कामै हुन सकेको छैन । सिद्धिशाही निर्माण कम्पनीले गत वर्ष संझौता गरे पनि कामै थालिएको छैन । यसबारेमा सम्वन्धित पक्षको ध्यानाकर्षण गराउदा समेत अटेर गरेको साकेला गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्काले सुनाए । अब पनि काम नगरे ठेक्का लिने कम्पनीलाई कारबाहीको प्रक्रियाका लागि सरकारलाई अनुरोध गर्ने अध्यक्ष खड्काले बताए ।  
मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने बाझेच्यानडाडा“–दिक्तेल सडक खण्डमा पनि सडक पुलहरु अलपत्रै छन् । यस सडक खण्डमा आठ वटा पुलमध्ये दुई वटा मात्र सकिएको छ । आठमध्ये चार वटा पुलको ठेक्का रमण गोल्डेन गुड जेबी कम्पनीले लिएको थियो । चार मध्ये कालिखोला र लप्से खोलाको सकिएको छ । दाम्दे र साप्सुखोलाको पुल भने चैत्रभित्रै सकिने निर्माण कम्पनी सम्बद्ध साङ्गे सेर्पाले बताए । भुल्के खोला पुलको ठेक्का लागे पनि धार्मिक तथा पर्यटकीय भुलभुलेलाई असर पर्ने भएकाले निर्माण रोकिएको छ । भालुखोला, छेपेखोला र मेवा खोलाको सडक पुलको भने ठेक्कै लागेको छैन ।   फोक्सिङटारलगायतका अन्य पुलहरु नबन्दा जिल्लाको विकासले समेत गति नलिएको स्थानीयको गुनासो छ । जिल्लामा हुने विकास निर्माणका लागि तराईबाट सामग्री ल्याउन समस्या भएकाले सगरमाथा लोकमार्गमा पर्ने सडक पुल विकासको बाधक बनेको हो । स्थानीयले भने ठेक्का लिएर योजनाहरु अलपत्र छाडिएकाले त्यसले पारेको असर सहित असुल गर्नु पर्ने माग राखेका छन् । 
सडक पुलकै कारण जिल्लाको विकासमा असर परेकाले ठेक्का लिएर काम नगर्नेहरुलाई कानुनी कारबाही गर्न पहल गर्ने प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । यसका लागि गृह मन्त्रालयमा अनुरोध गरिएको भट्टराईले सुनाए । ‘ठेक्का लिएर काम नगर्ने कम्पनीहरुलाई कारबाही भएरै छाड्छ ।’ भट्टराईले भने–‘जनताको मत पाएर सांसद बनेकाले जनताको पक्षमा काम गरैरै छाडिन्छ ।’ भट्टराईले थपे–‘ठेक्का लिएर काम नगर्नेहरुले कुनै पनि हालतमा छुट पाउने छैनन् ।’

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित