नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २५–विना कारण पक्राउ गरेकाले एक युवाले आत्म हत्या गर्न वाध्य भएको भन्दै प्रहरी विरुद्ध जाहेरी परेको छ । जबरजस्ती करणीमा आरोप लगाउदै हत्कडी लगाएकाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका १९ वर्षीय राम परियारले शुक्रबार विहान आत्महत्या गरेको भन्दै उनका परिवारले जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका हुन् ।
मृतकका दाजु कुशल परियारले दिएको जाहेरीमा अर्खौलेस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक ४५ वर्षीय पोशराज कार्की र अर्की एक महिला विरुद्ध आत्महत्या दुरुत्साहन गरेको भन्दै कानुनी कारबाहीको माग गरिएको छ । मृतक भाइले आफू होइन भन्दा भन्दै पूर्जी विनै पक्राउ गरी समाजमा बेइजेत गरेकाले आफूले आत्महत्या गर्न वाध्य पारेको सुसाइटनोटमा उल्लेख गरेकाले जाहेरी दिइएको कुशलले बताए ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सन्जु कार्कीका अनुसार एक महिलाले स्थानीय १७ वर्षीय किशोरले आफूलाई जबरजस्ती गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि माघ २४ गते बेलुकी राम परियारलाई केही समय नियन्त्रणमा लिएर छाडेको थियो । त्यही विषयमा समाजमा बेइजेत भयो भनेर आत्महत्या गरेको सुसाइटनोटले देखाएपछि मृतकका दाजुले जाहेरी दिएको वडासदस्य किशोर श्रेष्ठले बताए ।
जबरजस्ती करणी अभियोगमा अर्का एक जना १७ वर्षीय किशोरलाई पक्राउ गरिएको कार्कीले सुनाए । जाहेरीपछि आत्महत्या दुरुत्साहन र जबरजस्ती करणी दुवै विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित