नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २२–पाठेघरको मुखको क्यान्सर विरुद्घको एच.पी.भी. खोपको पहिलो दिन माघ २२ गते दुई हजार चार सय ८२ जनाले लगाएका छन् । जिल्लाका दुई सय ७४ खोप केन्द्रमा खोप लगाउन सुरु गरिएको हो ।
एच.पी.भी. खोपको पहिलो दिन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ८ सय ५१, हलेसी तुवाचुङ नगरपालिकामा चार सय ९६, केपिलासगढीमा तीन सय ५५, ऐसेलुखर्क एक सय ९२, रावाबेसी एक सय दुई, साकेलामा दुई सय ७, दिप्रुङ चुइचुम्मामा दुई सय ७९ गरी दुई हजार चार सय ८२ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय खोटाङका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताएका छन् ।
खोप फागुन २७ गतेसम्म लगाइने छ । कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका गरी ९ हजार ९ सय ९५ जना किशोरीलाई पाठेघरको मुुखको क्यान्सर विरुद्घको एचपिभि खोप लगाइने छ । खोप अभियान सफल पार्न जिल्लामा पा“च सय ४८ स्वयमसेवक र १०१ जना सुपरीवेक्षक परिचालन गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईले बताएका छन् ।
चौलागाइका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २ हजार पा“च सय दुई जना, हलेसी तुवाचुङ नगरपालिकामा एक हजार चार सय ७८ जना, केपिलासगढी गाउ“पालिकामा सात सय ९३ जना, ऐसेलुखर्क गाउ“पालिकामा छ सय ८१ जना, रावाबेसी गाउ“पालिकामा पा“च सय ७१ जना, साकेला गाउ“पालिकामा चार सय १२ जना, दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा एक हजार ६३ जना, खोटेहाङ गाउ“पालिकामा एक हजार १२ जना, जन्तेढुङ्गा गाउ“पालिकामा सात सय ५९ जना, बाराहापोखरी गाउ“पालिकामा सात सय १५ जना किशोरीलाई खोप लगाइने छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ४–सामाजिक �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २–सामाजिक �... ... ...
सविना अछामे–खोटाङ, असार १–अस्पतालचौक–दुम्ल�... ... ...
सविना अछामे–खोटाङ, जेठ ३१–दिक्तेलमा यो वर्षको ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–केपिलास�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित