सविना अछामे–
खोटाङ, माघ २०–जिल्लामा करिव १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप लगाइने भएको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा माघ २० गते जिल्ला स्वास्थ्य कार्यालय खोटाङले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी गराइएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईका अनुसार जिल्लाका ९ हजार ९ सय ९५ जना किशोरीलाई पाठेघरको मुुखको क्यान्सर विरुद्घको एचपिभि खोप लगाइने छ । उक्त खोप माघ २२ गतेदेखि फागुन २७ गतेसम्म कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लगाइने चौलागाईले बताएका छन् ।
उक्त खोप अभियानका लागि दुई सय ७४ खोप केन्द्रमा पा“च सय ४८ स्वयमसेवक र १०१ जना सुपरीवेक्षक परिचालन गरिएको जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताएका छन् ।
चौलागाइका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २ हजार पा“च सय दुई जना, हलेसी तुवाचुङ नगरपालिकामा एक हजार चार सय ७८ जना, केपिलासगढी गाउ“पालिकामा सात सय ९३ जना, ऐसेलुखर्क गाउ“पालिकामा छ सय ८१ जना, रावाबेसी गाउ“पालिकामा पा“च सय ७१ जना, साकेला गाउ“पालिकामा चार सय १२ जना, दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा एक हजार ६३ जना, खोटेहाङ गाउ“पालिकामा एक हजार १२ जना, जन्तेढुङ्गा गाउ“पालिकामा सात सय ५९ जना, बाराहापोखरी गाउ“पालिकामा सात सय १५ जना किशोरीलाई खोप लगाइने छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, बैशाख १७–दिक्तेल रूपाकोट म�... ... ...
सविना अछामे–खोटाङ, बैशाख १७–खोटेहाङ गाउँपालि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–अदालत�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १०–दिक्त�... ... ...
सविना अछामे–खोटाङ, बैशाख ९–हलेसी तुवाचुङ नगरप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित